एमालेमा अब कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाउने सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकमा विभिन्न दस्तावेजमाथिको छलफलका क्रममा उपाध्यक्षको संख्या ७ पु¥याउनुपर्ने र पार्टी कार्यकारी पदमा दुई पटकभन्दा बढी बस्न नपाउने सुझाव आएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा शनिबार विभिन्न १० टोलीका टोली नेताले समूहमा आएको सुझाव प्रस्तुत गरेको एमाले सचिव योगेश भट्टराईले बताए ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन, उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेपछि १० वटा समूह गठन गरी छलफल भएको थियो । छलफलपश्चात् प्रत्येक समूहका टोली नेताले समूहबाट आएको सुझाव प्रस्तुत गरेको भट्टराईले बताए ।

‘पार्टी विधानमा ७० वर्षे उमेर हदको विषयदेखि प्रत्येक प्रदेशबाट एक/एक जना गरी सात उपाध्यक्ष हुनुपर्ने सुझाव आएका छन्,’ भट्टराईले भने, ‘यस्तै पार्टी कमिटीलाई थप समावेशी बनाउन महिला, आदिवासी जनजाति, मधेसीलगायतका समुदाय एवं क्षेत्रबाट प्रतिनिधि एवं नेतृत्व तहमा जिम्मेवारी दिने विषयमा समेत कुरा उठेको छ ।’

विभिन्न समूहबाट आएको सुझाव एवं प्रस्तावबारे अध्यक्ष ओलीसहित प्रतिवेदन पेस गर्ने नेताले आइतबारको बैठकमा सम्बोधन गर्ने उनले बताए । आइतबार केन्द्रीय कमिटीको बैठक पुनः बस्नेछ ।

समूहबाट के–के आयो सुझाव ?

बाग्मती प्रादेशिक कमिटीका टोली नेता आनन्द पोखरेलले पार्टी र सरकारको सम्बन्धबारे स्पष्ट व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् । सरकारमा जाने नेताहरूले पार्टी निर्देशन मान्नुपर्ने, पार्टी शुद्धीकरणको अभियान तलैसम्म लैजानुपर्ने सुझाव बाग्मती प्रादेशिक समूहले दिएको छ ।

‘पार्टीलाई मजबुत बनाएर लैजान सर्कुलर मात्रै जारी गरेर हुँदैन अब आगामी निर्वाचनलाई ध्यानमा राखेर जानुपर्छ, अहिलेसम्म तीनवटै सरकारले गरेका राम्रो कामलाई जनतासम्म लिएर अगाडि बढ्नुपर्छ,’ बाग्मती प्रादेशिक कमिटीको टोली नेता पोखरेलले भने ।

पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या हल गरेर जानुपर्ने सुझावसमेत नेतृत्वलाई दिइएको छ । पार्टी अनुशासनलगायतका विषयमा ध्यान दिनुपर्ने बताउँदै पोखरेलले अनुशासन उल्लंघन हुँदा समस्या ल्याएकाले जोसुकैलाई पनि कारबाही गर्नुपर्ने सुझाव दिएका छन् ।

यसैगरी, प्रदेश १ का टोली नेता हिक्मत कार्कीले सात प्रदेशबाट प्रतिनिधित्व हुनेगरी केन्द्रीय समितिमा सात जना उपाध्यक्ष बनाउन सुझाव दिए । विधान संशोधन प्रस्तावमा तीन मात्रै उपाध्यक्षको प्रस्ताव गरिएकाले प्रदेश १ कमिटीले सातै प्रदेशबाट एक/एक जना गरी सात उपाध्यक्ष राख्न सुझाव दिएको हो । उनले संक्रमणकालीन अवस्था भएकाले २ सय २५ भन्दा बढी सदस्य भएको केन्द्रीय कमिटी बनाउनसमेत सुझाव दिएका छन् ।

पार्टीको तल्लो कमिटीमा बहुपदीय व्यवस्था गर्न सुझाव दिँदै उनले केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा समावेशी ढंगको कमिटी बनाउनुपर्ने सुझाव आएको बताए । यस्तै, विधान महाधिवेशनलाई नीति तथा महाधिवेशन भन्नुपर्ने सुझावसमेत उनले दिए ।

नवौं महाधिवेशन, चुनावी गठबन्धन, पार्टी एकता, सरकार सञ्चालन र सरकारलाई परमादेशबाट हटाइएको विषय राजनीतिक प्रतिवेदनमा प्रस्ट रूपमा आउनुपर्ने सुझाव उनले दिए ।

यसैगरी, संसद् विघटन र पार्टी विभाजनको कुरा पनि प्रस्ट रूपमा राजनीतिक प्रतिवेदनमा उल्लेख गर्नुपर्ने सुझाव आएको छ । पार्टीले निर्वाचन प्रणाली सुधारमा जोड दिनुपर्नेसमेत उनले सुझाव दिएका छन् । एमाले मुलुकको एक मात्र विकल्प भएको भन्दै वामपन्थी र लोकतान्त्रिक शक्तिसँग एकता र सहकार्य गर्न सुझाव प्रदेश १ ले दिएको छ ।

लुम्बिनी प्रादेशिक कमिटीको समूहका टोली नेता दलबहादुर रावलले दुईपटक भन्दा बढी कार्यकारी पदमा बस्न नहुने, २३ फागुनको फैसलापछि पनि एमालेमै रहेका पूर्वमाओवादी केन्द्रका नेताको जिम्मेवारी खोस्न नहुने सुझाव दिएका छन् ।

पार्टीमा ७० वर्षीय उमेर हद हटाउनुपर्ने र राख्नुपर्ने भन्ने दुवै मत आएकाले यस विषयमा नेतृत्वले गम्भीरतापूर्वक लिनुपर्ने लुम्बिनी प्रादेशिक समूहको सुझाव रहेको छ । पार्टीको सदस्यता पाउन कम्तिमा एक वर्ष जनसंगठनमा काम गरेको हुनुपर्ने सुझावसमेत उनले दिए । प्रतिवेदनमा नेकपा एमालेको निरन्तरतासँगै जनयुद्धको निरन्तरता पनि उल्लेख गर्न नेतृत्वलाई सुझाव उनले दिएका छन् ।

पार्टी एमाले भए पनि राजनीतिक रूपमा नेकपाकै निरन्तरता हो भनेर राजनीतिक प्रतिवेदनमा उल्लेख गर्नुपर्ने सुझाव उनको रहेको छ ।

यसैगरी, अमेरिकी सहयोगको परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने माग उठेको छ । केन्द्रीय विभागको तर्फबाट टोली नेता खगराज अधिकारीले निष्कर्ष राख्दै एमसीसीबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने माग गरेका छन् ।

पार्टीको सम्पूर्ण शक्तिलाई एकताका साथ अघि बढाउनुपर्ने बताउँदै उनले अब एकताका साथ अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । पार्टीभित्रको जस्तोसुकै समस्या भए पनि त्यसलाई समाधान गर्दै अघि बढ्नुको विकल्प नभएको बताउँदै उनले विवादले शक्ति क्षीण हुनु नहुने सुझाव दिएका छन् ।

तेस्रो धारका नेता हुन सकेनन् टोली नेता

बैठकमा विभिन्न दस्तावेज पेस भएको छ । पेस भएका ती दस्तावेजमाथि समूहगत छलफल भएको छ । प्रत्येक समूहमा एक जना टोली नेता चयन भएका छन् । तर, चयन भएका १० वटै टोली नेता अध्यक्ष ओली समूहका नेता मात्रै हुन् । तेस्रो धारका कुनै पनि नेताहरू टोली नेता हुन सकेनन् ।

१० वटा समूहको टोली नेताका रूपमा प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बाग्मतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत् विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागबाट खिमलाल भट्टराईले जिम्मेवारी पाएका छन् । उनीहरूले नै छलफलको निष्कर्ष बैठकमा राख्न सक्छन् ।

बैठकमा प्रस्तुत दस्तावेजमाथि छलफल गर्न विभिन्न १० समूह गठन भएको थियो । सचिव भट्टराईका अनुसार सातवटा प्रदेशस्तरीय भौगोलिक समूह, जनसंगठनलाई हेर्न पार्टीका इन्चार्जहरूको एक समूह, विभागीय प्रमुखहरूको समूह र प्रदेशमा सम्पर्क कमिटी, उपत्यका विशेष कमिटीलगायतका समूहलाई हेर्न अर्को समूह निर्माण भएको थियो ।

एमालेले १५, १६ र १७ असोजमा विधान महाधिवेशन काठमाडौंमा गर्दै छ । केन्द्रीय कमिटी बैठकबाट संशोधनसहित पारित हुने ती दस्तावेजहरूमाथि विधान महाधिवेशनमा छलफल हुनेछ ।

एमालेभित्र पहिलोपटक नेतृत्व चयन र नीति निर्णय गर्ने छुटाछुटै महाधिवेशन गर्दै छ । विधान महाधिवेशमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान प्रस्तुत हुनेछ । यसअघि नवौं महाधिवेशनले विधि विधान र नेतृत्व छनोटका लागि फरकफरक महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

 

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

ओलीले बोलाए स्थायी समिति बैठक
आज सर्वाेच्चको फुलकोर्ट बैठक, १४ न्यायाधीशले बहिष्कार गर्ने
नेकपाले बोलायो स्थायी कमिटी वैठक
क्लोपलाई रोक्ने लिभरपुलको लक्ष्य
दाङमा सवारी दुर्घटनामा परेर सञ्चारकर्मी मनिषाको मृत्यु
ढकाल समूहका व्यवसायी असन्तुष्ट

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी