कास्कीका ५ पालिकामा कसकाे प्यानलले जित्याे ?

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर नगरसभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी आगामी कार्यकालका लागि निर्वाचित हुन सफल भएका हुन् ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव उनी महानगर समितिमा उपसभापति थिए । बिजुक्छेले मतगणनाको अन्तिम परिणाममा ४ सय १४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी गंगाधर पराजुलीले ३ सय ४६ मत प्राप्त गरेका छन् ।

सभापतिकै उम्मेदवार पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले २ सय ९, काँग्रेस नेता मिलनप्रसाद तिवारीले १ सय ५३, पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले १ सय २७, पत्रकार ज्योति हमालले ११ मत ल्याएका छन् । निर्वाचन समितिले भने आधिकारिक रुपमा घोषणा गर्न बाँकी छ ।

नगर उपसभापतिमा भवसागर बराल र प्रयागराज भण्डारी निर्वाचित भए । चुनावमा ६ प्रतिस्पर्धी थिए । सचिवमा टुवराज बास्तोला विशाल र गणेशबहादुर थापा निर्वाचित भए । संघर्ष कोइराला र सञ्जय आले सहसचिवमा निर्वाचित भए ।
शनिबार भएको मतदानमा १ हजार ३ सय ७० मतदातामध्ये १ हजार ३ सय ४४ खसेको थियो ।

कास्कीका गाउँपालिकामध्ये मादीमा यामप्रकाश गुरुङ सभापति निर्वाचित भए । देवीजंग गुरुङलाई १ मतले हराउँदै यामप्रकाश निर्वाचित भएका हुन् । देवीले ९२ मत पाउँदा यामप्रकाशले ९३ मत पाएका हुन् ।

यस्तै, माछापुच्छ्रे गाउँपालिका समितिको सभापतिमा वीरेन्द्र गुरुङ निर्वाचित भए । मधुसुदन अधिकारीलाई १५ मतले हराउँदै वीरेन्द्र सभापति निर्वाचित भएका हुन् । उनले ९१ मत पाउँदा मधुसूदनले ७६ मत पाए ।

अन्नपूर्ण गाउँपालिकामा मनपति भण्डारीको सभापतिमा सर्वसम्मत चुनिए । उपसभापतिमा गौमाया नेपाली र सुशील भट्टचन निर्वाचित भए । रुपा गाउँपालिकामा पनि बिमलबाबु न्यौपानेको नेतृत्वमा निर्विरोध समिति चयन भएको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

दाङमा अनिश्चित काल यातायात ठप्प
आयुष र प्रतिभा फिचर्ड निर्दोष माया
बाबुको हत्या अभियोगमा छोरा पक्राउ
गाडी थन्किँदा ४५ लाखको गुजारा संकटमा
पत्रकार महासङ्घको कार्यकाल छ महिना थप
वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी