नेकपा माओवादी केन्द्रको महाधिवेशन कार्यतालिकामा हेरफेर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको आगामी महाधिवेशनको कार्यतालिकामा केही हेरफेर गरेको छ । आज (सोमबार) पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले महाधिवेशनका केही कार्यतालिकामा हेरफेर गरेको हो ।

बैठकले सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ भने स्थानीय स्तरमा हुने वडा भेलाको बैठक कात्तिक १३ गते गर्ने र मङ्सिर ४ गते पालिकास्तरीय भेला गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए । स्थानीयस्तरको भेलाको समय सारे पनि प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको समय सारिएको छैन । माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ ।

स्थायी कमिटी सदस्य गुरुङले बैठकका निर्णय’bout जानकारी दिँदै भने, ‘अहिलेको समसामयिक स्थितीहरुको ’boutमा अध्यक्षले ब्रिफिङ लिनुभयो, मुख्य रुपमा पार्टीको आन्तरिक सम्मेलनहरुको तयारी,स्थानीय निकाय, टोल, वडाहरुको भेला गर्ने विषयहरुमा छलफल भएको छ,पहिला भएको टाइम अलि टाइट भयो भ्याइएन, टाइम सार्नुपर्यो भन्ने कुरा सिफारिस भएको हुनाले त्यही अनुसारको छलफल भयो, पार्टी सदस्यको नवीकरण असोज मसान्तसम्म जारी राख्ने,टोल भेलाहरु कार्तिक ६ गते गर्ने भन्ने कुरा भएको छ,कार्तिक १३ गते वडा सम्मेलन गर्ने र मङ्सिर ४ गते स्थानीय पालिकाहरुको सम्मेलन भन्ने कुरो छ,राष्ट्रिय र प्रदेश सम्मेलन नसार्ने र अरुको समय सार्ने भन्ने विषयमा छलफल भएको छ ।’

त्यस्तै माओवादीले मन्त्रिपरिषद्लाई पूर्णता दिन देखिएको कानुनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ । बैठकमा सरकारको पूर्णताको लागि कानुन, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलफल भएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए । सदन अदालतसँग जोडिएको कानुनी जटिलता हेरे लगत्तै मन्त्रिमण्डल विस्तारमा छलफल अगाडि बढ्ने गुरुङको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
(Visited 303 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
स्वस्तिक छापको विषयमा विवाद भएपछि भरतपुरको मतगणना स्थगित