पोखराको सुन्दरतामा मन्त्रमुग्ध राजदूत

 

पोखरा । पोखराले एकै पटक ११ देशका राजदूत भित्राएर ४१ औं विश्व पर्यटन दिवस मनाएको छ । कोरोनाले थला परेको यहाँको पर्यटन माथि उकास्न प्रदेश सरकारको पहलमा एकै पटक नेपालस्थित ११ देशका राजदूत र अन्य कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि दिवसको पूर्वसन्ध्यामा आइतबार यहाँ आएका थिए ।

२५ सदस्यीय सो टोलीमा संलग्नले सोमबार पोखराको पदयात्रामा र साइट सिनमा रमाए । उनीहरु कास्कीकोट, सराङकोटसम्म हाइकिङ (पदयात्रा) गरी यहाँको सुन्दरताको प्रशंसा समेत गरे । नेपालका लागि इजिप्टका राजदूत माइकल पोखरामा पहिलो पटक भ्रमण गरेको बताउँदै यहाँको मनोरम दृश्यले आफूलाई मोहित तुल्याएको प्रतिक्रिया दिए । ४ साताअघिमात्र यहाँ आएको बताउने उनले मनोरम हिमश्रृंखला यहाँको अर्को विशेषता रहेको बताए । जर्मनका राजदूत डा. थोमसले यहाँको सुन्दरता अतिद्वीय रहेको उल्लेख गर्दै भावी पुस्ताका लागि सांस्कृतिक सम्पदा बचाएर राख्नुपर्ने सुझाव दिए ।

नाउँडाँडाबाट सुरु भएको हाइकिङ करिब ४ घण्टासम्म चलेको थियो । उनीहरुलाई स्थानीयले पञ्चेबाजासहित भव्य स्वागत गरेका थिए । विशिष्ट पाहुनाले उत्तरमा रहेको माछापुच्छे«, अन्नपूर्ण, धौलागिरि लगायतको हिमश्रृंखला, स्थानीय ग्रामीण बस्ती, दक्षिणमा फेवाताल, पोखरा बजारको मनोरम दृश्य नजिकबाट अवलोकन गरी मज्जा लिएका थिए । उनीहरुलाई पोखरेलीलेमात्र स्वागत गरेनन् कि सोमबार राम्रैसँग हिमालसमेत खुलेको हुँदा प्रकृतिले पनि न्यानो स्वागत गरेको थियो ।

उनीहरुले डेभिजफल अवलोकन गर्नुका साथै फेवातालमा बोटिङसमेत गरेका छन् । साथै पोखरामा आयोजित मिनी सडक महोत्सवमा समेत सहभागी भए । संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय प्रतिनिधि सराबे सलोनयन्तिले टिकटक समेत बनाएर पोखराको सौन्दर्यता’bout बखान गरेकी थिइन् ।

गण्डकी प्रदेश सरकारको पहलमा कतार, साउदी अरेयिबा, दुवई, दक्षिण कोरिया, थाइल्याण्ड, बंगालदेश, इजिप्ट, जर्मनी, मलेसिया लगायत देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि गरी ३ दिनका लागि यहाँ आएका हुन् । उनीहरु मंगलबारमात्र फर्किने कार्यक्रम रहेको गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले जनाएको छ ।

एकै पटक दर्जन राजदूतहरुलाई पोखरामा बोलाएर गण्डकी प्रदेश सरकारले पोखरा घुम्न खुला छ भन्ने सन्देश दिएको छ । नेपाल पर्यटन बोर्ड पोखरा शाखाका प्रमुख काशीराज भण्डारीले यो सन्देशले आगामी दिनमा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन हुनेमा आशावादी रहेको बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड १९ महामारीको कारण थला परेको पर्यटन क्षेत्र राजदूत तथा उच्च पदस्थ पाहुनाको भ्रमणले पर्यटन क्षेत्र ठूलो राहत पुग्ने बताए ।

टान पोखरा अध्यक्ष सुशीलराज पौडेलले पदयात्रामार्ग सुरक्षित रहेको कारण पनि अबको सिजनमा पर्यटक आउनेमा आफूहरु उत्साहित रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भिमदत्त नगरपालिकामा सर्वदलीय बैठक पछि मतगणना सुचारु