काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गरेकि छिन् । मन्त्रिपरिषद्को आजको बैठकले सो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा, ११४ को उपधारा, २ को खण्ड (ख) बमोजिम राष्ट्रपतिले सो अध्यादेश खारेज गरेकाे राष्ट्रपति कार्यालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)