उनले दिए बहिनी जोङलाई महत्वपूर्ण जिम्मेवारी

काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनले आफ्नी बहिनी किम यो जोङलाई राष्ट्रिय मामिला परिषद् (स्टेट अफेयर्स काउन्सिल)को सदस्य बनाएका छन् ।

यो परिषद्लाई उत्तर कोरियाकै निकै महत्वपूर्ण निकाय मानिन्छ । यो नीति निर्माण गर्ने सर्वाेच्च निकाय हो । शासक उनले बहिनी जोङसहित सात जनालाई परिषद् सदस्य बनाएका हुन् ।

उत्तर कोरियाको सरकारी समाचारमाध्यम केसीएनएका अनुसार, बहिनी जोङले पाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जिम्मेवारी हो । जोङ आफ्ना दाजु किमकी प्रमुख सल्लाहकारसमेत हुन् ।

जोङले यसअघि आफ्ना दाजु किमलाई दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन तथा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा सघाएकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 262 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा सिर्जना सिंहको नाम सहमतिनजिक