चेन्नाई सुपर किङ्स आईपीएल क्रिकेटको प्ले अफ्मा

दुबई । चेन्नाई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटको प्ले अप्मा प्रवेश गरेको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै चेन्नाई प्ले अफमा पुग्ने पहिलो टिम बनेको हो ।

शारजहाँ क्रिकेट मैदानमा हैदरावादले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य चेन्नाईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा ग-यो । जितसँगै चेन्नाईले ११ खेलमा १८ अंक जोड्यो । चेन्नई तालिकाको शीर्ष स्थानमा रहेको छ । पराजित टोली हैदरावादको भने अघिल्लो चरण प्रवेशको सम्भावना समापत भईसकेको छ । उसको ११ खेलबाट ४ अंक मात्रै छ ।

इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेट अन्तर्गत आज कोलकाता नाइट राइडर्स र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुने भएको छ । दुबईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजेबाट शुरु हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीमा बाढीले बगाएर ८ वर्षिय बालिकाको मृत्यु