कांग्रेस धनकुटामा सर्वसम्मत नेतृत्व चयन

धनकुटा । नेपाली कांग्रेस धनकुटा नगर सभापतिमा नरेश श्रेष्ठ चयन भएका छन् । एक साताको रस्साकस्सीपछि शनिवार बिहान श्रेष्ठको सभापतित्वमा ५७ सदस्यीय नगर समिति सर्वसम्मत टुंग्याइएको हो ।

समितिको उप–सभापतिमा अभिषेक कर्माचार्य र अमित लो तामाङ, सचिवमा राम तामाङ र लोकेन्द्र खड्का, सह–सचिबमा ज्ञानेन्द्र बस्नेत र सारदा सन्तोषी राई चयन भएका छन् । कोषाध्यक्ष भने पछि मनोनित गरिनेछ । गत ९ गते नगर अधिवेशन आयोजना गरिएको थियो । तर, आकांक्षिहरुबीच सहमति हुँन नसक्दा त्यो दिन नेतृत्व चयन प्रकृया त्यसै स्थगित भयो । धनकुटा नगरका सबै वडाका सभापतिहरुले मतदानबाट नभई सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्ने भन्दै समय मागेका थिए । सोही अनरुप लामो समयको रक्साकस्सीपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।

सभापतिका लागि श्रेष्ठसँगै अभिषेक कर्माचार्यले दावी गरेका थिए । अन्ततः धनकुटा नगरपालिका वडा नं.६ का वडाध्यक्षसमेत रहेका श्रेष्ठलाई सभापति बनाउँने सहमति जुटेको निर्वाचन समितिका सदस्य खगेन्द्र घिमिरेले जानकारी दिए । ‘धनकुटा नगरपालिकाका सबै वडाका सभापतिहरुले निर्णय नै गरेर सर्वसम्मत नेतृत्व चयनका लागि समय मागेका थिए,’ घिमिरेले भने, ‘अन्ततः आज सहमतिपछि निर्वाचन प्रकृया टुंग्याइयो ।’

धनकुटा नगरबाहेक अन्य पालिकामा भने यसअघि नै नेतृत्व चयन टुंगिएको छ । सहमति जुट्न नसक्दा चौविसे गाउँपालिकामा मतदान प्रकृयाबाट पदाधिकारीहरुको टुंगो लगाइएको थियो भने महालक्ष्मी नगरपालिकामा पनि सभापति पदका लागि मतदान गरिएको थियो । चौविसेका सदस्यहरु र महालक्ष्मीका सभापति बाहेक अन्य पदमा भने सहमति भएको थियो । वाँकी पालिकाहरुमा भने सहमतिकै आधारमा नेतृत्व चयन गरिएको कांग्रेसले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

मछिन्द्र नयाँ च्याम्पियन
कर्मचारी फेर्ने होडबाजीले विकास प्रभाबित : राज्यमन्त्री यादब
अब सडकमै सवारी साधन परिक्षण गरिने
अमेरिकी चुनावः ट्रम्मकाे किल्ला ताेडे बाइडेनले
सेयर बजार याे साता : ८१ अर्बको कारोबार
सूर्य चिन्ह आफुले नपाए मुलुकमा आँधीबेहरी आउने प्रचण्डको चेतावनी

आजको समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
भीम रावललाई ओलीको सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन
आज वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

साताका लोकप्रिय समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह
नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

भर्खरै

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
Dhruba Lamsal || 26 October 2021
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वाेत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । भारतीय उपराष्ट्रपति...

कुरी-कुरी