नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।

अहिले राष्ट्रपति कार्यालय शीतलनिवासमा आजै नियुक्त भएका मन्त्रीलाई उनले पद तथा गोपनीयताको शपथ गराएकी हुन् । सरकारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सहभागी छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिको सहभागी रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएको ८९औँ दिनमा मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 305 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हरिकृष्ण व्यञ्जनकारको प्रतिबद्धता : सम्पदा संरक्षणदेखि चिल्ला सडकसम्म