तीन महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले ८८ दिनपछि पूर्णता पाएको छ । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीलाई समेटेर शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै १६ जना नवनियुक्त मन्त्रीलाई शपथग्रहण गराएकी छन् । नवनियुक्त दुई राज्यमन्त्रले पनि शुक्रबार नै शपथ लिएका छन् । शपथ लिएसँगै अधिकांश मन्त्री शुक्रबार राति नै सिंहदरबारस्थित कार्यालयमा गएर पदबहाली गरेका छन् ।

– प्रधानन्यायाधीको कोटाबाट हमाल मन्त्री !

– स्वास्थ्य राज्यमन्त्रीको प्रधानमन्त्री कार्यालयमा सरुवा

देउवा सरकारमा १८ जना नयाँ मन्त्री र राज्यमन्त्री थपिएसँगै मन्त्रिपरिषद् सदस्यको संख्या २५ पुगेको छ । संविधानमा २५ सदस्यसम्मको मन्त्रिपरिषद् गठन गर्न सकिने व्यवस्था छ ।

प्रधानमन्त्री देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका छन् । उनी प्रधानन्यायाधीशको कोटाबाट नियुक्त भएको भन्दै आलोचनासमेत भएको छ । स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री देउवाले कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि कानुनमन्त्री रहेका कार्कीले सञ्चारको जिम्मेवारी पाएका हुन् । उनी कानुनमन्त्रीका रूपमै सरकारको प्रवक्तासमेत थिए । कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्रमन्त्री भइसकेका छन् ।

प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशि श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल रहेका छन् ।

यसैगरी, भवानीप्रसाद खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्री र बोधमाया कुमारी यादवलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट मन्त्री बनेका रेणु यादवले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने राजेन्द्र श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरणमन्त्री र महीन्द्र राय यादवले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसैगरी, नेकपा एकीकृत समाजवादीबाट प्रेम आले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, रामकुमार झाक्री सहरी विकासमन्त्री बनेका छन् । प्रधानमन्त्री देउवाले सुरुदेखि नै महत्व दिएर राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा विरोध खतिवडाले पाएका छन् । स्वास्थ्य राज्यमन्त्रीमा समाजवादीकै भवानीप्रसाद खापुङ नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्रीहरूले शपथसगै शुक्रबार पदभार ग्रहण गरे लगत्तै मन्त्रिपरिषद्को पूर्ण बैठक बसेको थियो ।

गठबन्धन दलहरूको समर्थनमा कांग्रेस सभापति देउवा गत २९ असारमा प्रधानमन्त्री भएका हुन् । उनले सोही दिन पाँच सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए भने पछि एक राज्यमन्त्री थप गरेका थिए ।

हमाल कांग्रेसको तर्फबाट मन्त्री: देउवा
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल कांग्रेसको तर्फबाट मन्त्री बनेको बताएका छन् । मन्त्रिपरिषद्ले पूर्णता पाएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गर्दै उनले हमालको नियुक्ति’bout स्पष्टीकरण दिएका हुन् । हमाल नियुिक्तको विषयमा विवाद सिर्जना भएसँगै देउवाले त्यस’bout आएका समाचारहरू सत्य नरहेको समेत बताए ।
बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस’boutमा कुनै भ्रममा नपर्न आग्रह गरे । ‘प्रधानन्यायाधीशसँग नाम जोडिएको कुरा निराधार हो,’ उनले भने ।
मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्च मितव्ययिता बनाउनेसम्बन्धी मापदण्डसमेत स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकमा नवनियुक्त १६ मन्त्रीहरू र यसअघि मन्त्री भएका ६ जनासहित २२ जनाको उपस्थिति थियो ।

यस्तो छ मन्त्रिपरिषद्:
शेरबहादुर देउवा – प्रधानमन्त्री
बालकृष्ण खाँण – गृह
ज्ञानेन्द्रबहादुर कार्की – सञ्चार, सूचना तथा प्रविधि
पम्फा भुसाल – ऊर्जा जलस्रोत तथा सिँचाइ
राजेन्दप्र्रसाद श्रेष्ठ – संघीय मामिला तथा सामान्य प्रशासन
विरोध खतिवडा – स्वास्थ्य तथा जनसंख्या
जनार्दन शर्मा ः अर्थ
मीनेन्द्रप्रसाद रिजाल– रक्षा
उमाकान्त चौधरी – खानेपानी
नारायण खड्का– परराष्ट्र
रेणुकुमारी यादव – भौतिक पूर्वाधार तथा यातायात
प्रेमबहादुुर आले – संस्कृति पर्यटन तथा नागरिक उड्डयन
दिलेन्द्र बडु – कानुन न्याय तथा संसदीय मामिला
देवेन्द्र पौडेल– शिक्षा, विज्ञान तथा प्रविधि
महीन्द्र राय यादव – कृषि तथा पशुपन्छी विकास
उमा रेग्मी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
शशि श्रेष्ठ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
रामकुमारी झाक्री – सहरी विकास
गजेन्द्रबहादुर हमाल ः उद्योग, वाणिज्य तथा आपूर्ति
रामसहायप्रसाद यादव – वन तथा वातावरण
कृष्णकुमार श्रेष्ठ (किसान) – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
महेश्वरजंग गहतराज – युवा तथा खेलकुद

राज्यमन्त्रीहरू
उमेश श्रेष्ठ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
भवानीप्रसाद खापुङ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
बोधमायाकुमारी यादव – शिक्षा, विज्ञान तथा प्रविधि

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मनोहरा सुकुम्वासी बस्ती डुबानमा, स्थानीयको मध्यराति भागाभाग

कुरी-कुरी