आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । आज आइतबार मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम, कर्णालीबाट मनसुन बाहिरिसकेको छ भने लुम्बिनीका पश्चिमी भुभागबाट पनि मनसुन बर्हिगमन भइसकेको छ । जसकारण ती प्रदेशमा मनसुनी प्रभाव छैन । ठूलो वर्षाको सम्भावना पनि नरहेको मौसमविद्ले बताएका छन् ।

तर, नेपालबाट मनसुन बाहिरिनसकेकाले पूर्वी नेपालमा भने त्यसको गतिविधि कायमै छ । राति पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सर्वोच्च अदालतबाट कुलमानले पाएनन् अन्तरिम आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ओलीको गृहनगर दमकमा एमाले पराजित