गड मदर भन्दै कंगनाले रेखालाई दिइन् जन्मदिनको शुभकामना

काठमाडौं । भारतीय अभिनेत्री रेखाले आइतबार आफ्नो ६७औँ जन्मदिन मनाइरहेकी छन् । सोही अवसरमा अर्की अभिनेत्री कंगना रनावटले एक पोस्ट गर्दै रेखालाई आफ्नो ‘गड मदर’ भनेकी छन् । अहिले बलिउडमा यो कुराले चर्चा पाएको छ ।

कंगनाले रेखासँगको एउटा पुरानो फोटो शेयर गर्दै उनलाई जन्मदिनको शुभकामना व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘जन्मदिनको शुभकामना मेरी प्रिय गड मदर रेखाजी । ग्रेस, एलिगेन्स एण्ड ब्युटी ।’

कंगनाले शेयर गरेको रेखासँगको उक्त फोटो विराट कोहली र अनुष्का शर्माको विवाह पार्टीमा खिचिएको थियो । कंगनाकी बहिनी रंगोलीले केही वर्षअघि नै दिदी कंगना रेखाझैँ बन्न चाहेको खुलासा गरेकी थिइन् ।

कंगनाले रेखालाई गड मदर भन्न थालेपछि रेखाले पनि उनलाई मराठी तारका अवार्ड समारोहमा यदि आफ्नी छोरी भइदिएकी भए कंगना जस्तै हुने थिई भनेकी थिइन् । सो अवार्डमा कंगनाले रेखालाई एउटा विशेष उपहार दिएकी थिइन् । त्यसपछि मन्तव्य राख्ने क्रममा रेखाले कंगनाको तारिफ गरेकी थिइन् ।

सो अवार्ड कार्यक्रममा कंगनाले कालो रङको साडी पहिरिएकी थिइन् । कुरैकुरामा कंगनाले सो साडी आफूलाई रेखाले उपहार दिएको खुलासा गरेकी थिइन् ।

एक पटक कंगना फिल्म फेयर अवार्डमा सहभागी हुन सकिनन् । त्यतिबेला उनले क्विन फिल्मबाट अवार्ड जितेकी थिइन् । कंगनाले एउटा अन्तर्वार्तामा सो अवार्ड आफूलाई रातको तीन बजे रेखाले फूलको गुच्छासहित घरमा ल्याइदिएको बताएकी थिइन् ।

त्यो नै आफ्ना लागि अहिलेसम्मकै आश्चर्यचकित पल भएको कंगनाले बताउने गरेकी छन् । उनले रेखालाई आफ्नो अभिभावकका रूपमा समेत लिने गरेकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

कोरोनाको कारण हवाई क्षेत्रले १६ अर्ब गुमायो
प्रतिनिधिसभा विघटन मुद्दाः 'पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने'
कांग्रेसद्वारा भगीरथी हत्याको दोषीलाई कारवाही गर्न माग
भाषा कसको सम्पत्ति हो ?
श्वेता र विजयन्द्र एक वर्षदेखी प्रेममा थिए
करिनाले भनिन्, ‘नातावादमा टिकेको हैन’

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी