उपत्यकामा ७० प्रतिशत भारतीय खसीबोका

काठमाडौं । सरकारले नेपाल खसीबोकामा आत्मनिर्भर भएको दाबी गर्दै आएको भए पनि दसैंका लागि भने काठमाडौं उपत्यकामा ७० प्रतिशत भारतीय खसीबोका भित्रिएको छ ।

नेपालीको महान् चाड दसैंका लागि काठमाडौं उपत्यका दैनिक ४ हजार खसीबोका भित्रिरहेको छ । यसमा ७० प्रतिशत खसीबोका भारतबाट आएको चौपाया व्यवसायी संघका अध्यक्ष दीपक थापाको भनाइ छ ।

३० प्रतिशत मात्र नेपाली उत्पादन

अध्यक्ष थापाका अनुसार आइतबारदेखि कलंकी बजारमा खसीबोका बिक्री सुरु भएको छ । संघ अध्यक्ष थापाका अनुसार मासु खानका लागि नेपाली खसीबोका राम्रो हुन्छ र सस्तो पनि छ ।

भारतीय मुलुकबाट आएका खसीबोका प्रतिकिलो ६ सय ८० देखि ७ सय २० रुपैयाँ छ भने नेपाली खसीबोकाको ६ सय ५० देखि ६ सय ८० रुपैयाँ छ ।

नेपाली लोकल खसीको मासु भारतीय खसीको भन्दा केही कम हुने हुँदा नेपाली लोकल खसीबोकाको मूल्य कम हुने अध्यक्ष थापाको भनाइ छ ।

उनले आइतबारदेखि कलंकी बजारमा खसीबोका किन्नेको चहलपहल निकै बढेको बताए । थापाका अनुसार कलंकी बजारबाट दैनिक २ हजार बढी खसीबोका बिक्री हुने गरेका छन् । गत वर्षका तुलना यस वर्ष खसीबोकाको मूल्य प्रतिकिलो ८० रुपैयाँ र च्यांग्रा प्रतिकिलो ७ सय रुपैयाँ महँगो भएको छ ।

थापाले भने, ‘सोमबार पूmलपातीदेखि नेपाली लोकल खसीबोका बिक्री बढ्न सक्छ । अहिले मासु बिक्री गर्ने व्यापारीले मात्र खसीबोका किन्ने आउने गरेका छन् भने पूmलपातीपछि घरमा आफंै खसीबोका किन्ने उपभोक्ता आउँछन् र नेपाली लोकल खसीबोकाको माग बढ्छ ।

संघका अध्यक्ष थापाका अनुसार पछिल्लो समय च्यांग्राको व्यापार घट्दै गएको छ । गत वर्ष काठमाडौंमा ७ हजार ५ सय च्यांग्रा आएकोमा यसपटक जम्मा ४ हजार ५ सय मात्र आएको छ ।

नेपाल–चीन भन्सार नाकाबाट व्यापारीले काठमाडौंमा च्यांग्रा ल्याउन नसक्दा च्यांग्राको व्यापार घटेको उनले बताए ।

पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेल पछिल्लो समयको खसीबोका उत्पादनको यकिन तथ्यांक नभए पनि नेपाल खसीबोका आत्मर्भिनर नै भएको दाबी गर्छन् । उनले तीन वर्ष अघिदेखि नेपाल खसीबोका आत्मनिर्भर भएको बताए ।

काठमाडौं उपत्यकामा मात्र दसंैमा करिब ६० हजार खसीबोकाको माग हुन्छ जसमा ४५ देखि ५० हजार स्वदेशी उत्पादन पूरा गरेको हुन्छ । १० देखि १५ प्रतिशत मात्र कम हुन्छ ।

प्रवक्ता सन्जेलले भने, ‘८५ देखि ९० प्रतिशत माग स्वदेशी उत्पादनले धानेको छ भने त्यो आत्मर्भिर भएको सरह मानिन्छ’ ।

खाद्यका १ हजार ४१ खसीबोका बिक्री
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि ल्याएका खसीबोका १ हजार ४१ बिक्री गरेको छ । शनिबारदेखि बिक्री सुरु गरेको खाद्य कम्पनीले आइतबारसम्म १ हजार ४१ खसीबोका बिक्री गरेको हो ।

कम्पनीका अनुसार शनिबार ६ सय ३१ खसीबोका बिक्री गरेको छ भने आइतबार ४ सय १० बिक्री गरेको छ । कम्पनीले गत वर्ष दसंैमा १ हजार ५ सय १० खसीबोका बिक्री गरेको थियो भने यस वर्ष २ हजार १० बिक्री गर्ने भएको छ ।

कम्पनीको थापाथली स्थित प्रादेशिक कार्यालयकी प्रमुख ज्ञानु थापाका आइतबार साँझसम्म खाद्य कम्पनीको गोदाममा २ सय खसीबोका बाँकी छन् भने बाटोमा ५ सय १० वटा आइरहेका छन् । कम्पनीले सहुलियत दरमा खसीबोकाको प्रतिकिलो ६ सय ४० रुपैयाँ बिक्री गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

सिन्धुलीगढी युद्ध सचित्र गुटुङटुङ
थ्री नेसन्स कप: नेपाल र बंगलादेश भिड्दै
गजुरी प्रहरीद्धारा २० किलो चरेससहित एक जना पक्राउ
बर्दियामा एक जनालाई आइसोलेसनमा राखियो, ६ जना क्वारेन्टाइनमा
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो
कोरोना कहरमा ‘पलाँती कान्छा’ को कोसेली यात्रा

आजको समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
भीम रावललाई ओलीको सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन
आज वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

साताका लोकप्रिय समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह
नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

भर्खरै

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
Dhruba Lamsal || 26 October 2021
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वाेत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । भारतीय उपराष्ट्रपति...

कुरी-कुरी