अक्षय कुमार : हरेक दिन घाम झुल्केकाे हेर्नै पर्छ

काठमाडौं । बलिउड अभिनेता अक्षयकुमार फिटनेसका लागि पनि उत्तिकै चर्चित छन् । किनकि उनको दिनचया अनुशासित छ ।

उनले याे दिनचर्या र जिन्दगीमा इन्जोय गर्ने गरेको बताएका छन् । ‘मैले कसैको दबाब र करकापमा याे जिन्दगी राेजेकाे हाेइन, यसलाई म इन्जोय गर्छु,’ अक्षयले भनेका छन् ।

उनले आफू हरेक दिन सूर्योदय देख्ने गरेको बताए । आफ्ना बुवा सैनिक भएकोले पनि यो तालिकाको विकास भएको समेत उनले बताए ।

‘म गर्व गर्छु हरेक दिन सूर्योदय हेर्न पाउँछु,’ अक्षयले भने, ‘म बिहानै ४ बजे उठ्छु , किनकि यो मैले नै आफूलाई बनाएको नियम हो ।’ उनको फिटनेसको चर्चा बि-टाउनमा हुने गर्छ । उनी नजिकको सुटिङ सेटसम्म हिँडेरै जाने गर्छन् भने बिहानै दैनिक जिम पुग्छन् ।

उनले प्राय: छायाँकन ८/९ घण्टामै सक्ने गरेका छन् । ‘अक्षयले बिहानै छायाँकन थाल्छन् र बेलुकीसम्म प्याकअप गर्छन्,’ उनीसँग धेरै फिल्ममा काम गरिसकेका रितेश देशमुखले भने ।

उनले हाउसफूल सिरिजसँगै ‘हे बेबी’मा अक्षयसँग काम गरेका छन् । अक्षयले पछिल्लो समय लकडाउनमा छायाँकन गरेको फिल्म ‘बेल बटम’ का लागि मात्र यो नियम ब्रेक गरेका थिए । उनले प्याकेटको खानेकुरा नखाने गरेको बताउने गरेका छन् । ‘म प्याकेटको खानेकुरा खादिन भने अल्कोहल पनि लिने गरेको छैन र आफ्नो अनुसासन कायम गर्ने गरेको छु,’ अक्षयले एक इभेन्टमा भनेका छन् । ५४ वर्षमा पनि फिट रहनुको कारणबारे उनले इभेन्टमा बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

ललितपुरमा ८२ जना कोरोना संक्रमित
फेरि निषेधाज्ञा होला त ?
धनकुटामा बसले किच्दा महिलाको मृत्यु
उपमेयर कप विजेता टोलीलाई सम्मान
चन्द्रागिरिमा बालिका बलात्कार गर्ने पक्राउ
पैसा ठिक पार्नुस्, छ अर्ब बराबरको साधारण शेयर आउदैछ

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी