दिल्लीलाई पराजित गर्दै चेन्नई फाइनलमा

चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यसअघि समूह चरणमा भोगेको हारको बदला दिँदै चेन्नई ४ विकेटले खेल जितेर फाइनल पुग्न सफल भएको हो ।

समूह चरणको खेलपछि शीर्ष स्थानमा रहेको दिल्ली र दोस्रो स्थानमा रहेको चेन्नई फाइनल प्रवेशका लागि पहिलो क्वालीफायरमा भिडेका थिए । १७३ रनको लक्ष्य पछ्याएको चेन्नईले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट गुमाएर २ बल बाँकी रहँदा खेल आफ्नो पक्षमा पारेको हो ।

चेन्नईको जितमा ऋतुराज गायकवाडले ७० रन तथा रविन उथप्पाले ६३ रनको योगदान दिए । यी दुईले ११० रनको साझेदारी गर्दै चेन्नईलाई बलियो अवस्थामा पु¥याएका थिए । दिल्लीका टम कुरानले सर्वाधिक ३ विकेट लिए ।

यसअघि दिल्लीको लागि पृथ्वी शाले सर्वाधिक ६० रन बनाउँदा रिशभ पन्तले ५१ रन बनाएका थिए । त्यस्तै शिम्रन हेटम्येरले ३७ रन बनाएका थिए । चेन्नईको जस हाज्विल्डले सर्बाधिक २ विकेट लिएका थिए । चेन्नईले २०१०, २०११ र २०१८ को आईपीएल जितेको थियो ।

सोमबार एलिमिनेटर खेलमा तेस्रो स्थानको रोयल च्यालेन्जर्स बेंगलोर र चौथो स्थानको कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा दिल्लीसँग प्रतिस्पर्धा गर्नेछ ।
फाइनल शुक्रबार हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव
ठोरीमा भारतीयले उखेलेको सीमास्तम्भ साविककै डोबमा गाडियो
१ हजार ५ सय बढी निर्णय, कार्यान्वयन भने फितलो
प्रधानमन्त्रीलाई हातखुट्टा बाँधेर काम गर्न नदिएपछि प्रतिनिधिसभा भंग : मण्डल
संवैधानिक परिषद्को सिफारिस फिर्ता पठाइएकामा राष्ट्रियसभाका अध्यक्षको आपत्ति
बेलायतमा आइसोलेसनमा बसेका ९ व्यक्तिको हत्या

आजको समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
भीम रावललाई ओलीको सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन
आज वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

साताका लोकप्रिय समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह
नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

भर्खरै

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
Dhruba Lamsal || 26 October 2021
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वाेत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । भारतीय उपराष्ट्रपति...

कुरी-कुरी