गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन

टहरी । आइतबार बिहान घाम भर्खँरै झुल्केको थियो । इटहरी १७ का ९० वर्षीय गोहल चौधरी फलैंचामा बसेर अडेस लागिरहेका थिए । उनको मुहारमा उस्तो धेरै उत्साह पनि थिएन ।

आफ्नो उमेर ठ्याक्कै थाहा नभए पनि १९९० सालको भूकम्प अलिकता थाहा भएको बताउने चौधरीले उनका बाजेपुस्तादेखि पनातिपुस्तासम्मको विगत र वर्तमान थोरबहुत स्मरण गरे । राजधानीसँगको कुराकानीका क्रममा चौधरीले दसैंको संघारमा रहे पनि आफूहरूले उत्साहका साथ नमनाउने बताए । ‘थारूहरूको दसैं भनेको जितिया, पुुस १५, माघे संक्रान्ती, सिरूवा हो,’ उनले भने, ‘चौधरी समुदायले दसैंमा टीका नलगाए पनि नौरथा लागेपछि पूजापाठमा सरिक हुने गरेका छन् ।’ उनका अनुसार चौधरी समुदायले दसैंको टीका नलगाए पनि साँझमा पूजापाठ हुन्छ । अहिलेका नातिपुस्तासँगको घुलमिलले होला उनको बोलीमा घरीघरी अंग्रेजी शब्द पनि मिसिन्थ्यो । ‘अहिले साँझ प्रायजसोः सबैका घरमा ‘डेली’ पूजा हुन्छ, तिहारमा त घरैपिच्छे खसी हुन्छ’ उनले भने, ‘यो बस्ती टप्पु फाँडेर बसाएको बस्ती भएकाले अहिले पहाडे समुदाय पनि छन् ।’

उनले आफ्नो विगत स्मरण गर्दै इटहरी क्षेत्र टप्पु रहेको र यहाँ फाँडेर बस्ती बनाएको बताए । उनले भने, ‘यहाँको पकली पुरानो बजार हो, इटहरी त हालसालै आएको हो, पहिला टप्पु फाँडेर बिघाका बिघामा बस्ती बसाउनुपथ्र्याे ।’ उनका अनुसार थारू समुदायको मुख्य आयस्रोत खेतीपाती र मजदुरी हो । ‘त्यसबेला त स्कुल पनि थिएन, पढिएन, खेतीपातीमै दिन बित्थ्यो,’ चौधरीले भने, ‘यहाँको चारकोसे फाँडेर बस्ती बसाउनुपथ्र्यो, त्यसबेला पैसा पनि भारु नै चल्थ्यो ।’

उनले आफू कलकत्ता, बम्बई, केदारनाथ, बद्रीनारायण, हरिद्वार क्षेत्र पुगेको स्मरण गर्दै भने, ‘अहिले नेपाल अधिराज्यमा मान्छे बढ्दै गयो, अहिले त धेरै सुबिस्ता छ, मान्छेको हाजिर पनि बढी छ ।’

ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष समेत रहेका इटहरी १८ निवासी तेजनारायण चौधरीले पछिल्लो समय ग्रामथान मासिँदै गएप्रति चिन्ता व्यक्त गरे । ‘अहिले भूमाफियाले नम्बरी जग्गा नभएको भन्दै ग्रामथान अतिक्रमण गरेका छन्,’ इटहरी क्षेत्रमा मात्रै एकदेखि डेढ सय बढी बिघा जमिनमा ग्रामथान रहेको उद्धृत गर्दै उनले भने, ‘यो विषयमा मुद्दा धेरै छ, प्रहरीले हामीलाई नै पिट्छ, राजनीतिक दलले पनि हामीलाई नै घेर्छ, धेरै समस्या छ ।’ उनले थारूले संरक्षण गरेको पोखरी समावेशी हुने भएकाले कसैले पनि ग्रामथान अतिक्रमण गर्न नहुने तर्क गरे ।

‘विभिन्न ऐनले गर्दा अहिले ग्रामथान मासिँदै गएको छ, हामीले ग्रामथानलाई सांस्कृतिक भूमिकाका रूपमा मान्दै आएका छौं’ उनले भने । उनका अनुसार इटहरी क्षेत्रको कुल जनसंख्यामध्ये करिब ३५ प्रतिशत जनसंख्या थारूको रहेको छ । साविकका हाँसपोसा, पकली, एकम्बा र खनार क्षेत्रमा बढी थारू रहेको उनले बताए । ‘दसैंबारे उनले आफूहरूले टीका नलगाए पनि पूजापाठ गर्ने बताए । हामीले घटस्थापनाका दिन राखेको जमरा दशमीका दिन सेलाउने गरेका छौं,’ उनले भने, ‘नवमीमा मेला लाग्छ र दशमीका दिन जमरा सेलाउने गर्छौँ ।’

उनका अनुसार थारू समुदायले दसैंको पहिलो दिन कलश थापन गर्दै सामूहिक रूपमा दुर्गादेवीको मूर्ति बनाइन्छ । त्यसपछि दैनिक पूजापाठ, नित्यकर्म हुन्छ । फूलपातीको दिन फलफूल लोहर्ने, अष्टमीको दिन बलि पूजा गर्ने, नवमीको दिन मेला लगाउने तथा दशमीको दिन जमरा सेलाउने गरेर दसैं मनाइन्छ ।

इटहरी १ का विष्णु चौधरीले यहाँको कराइबन, मौलिया, मझौरा, हाँसपोसा, बज्राहा, खनारलगायतका क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेकाले उनीहरूको संरक्षणमा सरकारले चासो दिनुपर्ने बताए । ‘खेतीपाती तथा रोजगारीका सिलसिलामा विदेशमा रहेका मानिसले आफैं गुजारा गरिरहेका छन्, उनीहरूको संरक्षणका निम्ति सरकारले चासो देखाउन आवश्यक छ,’ उनले भने, ‘ज्याला मजदुरी गरेर होस् वा अन्य कुनै पेसा अपनाएर आफैं गरिखाएका चौधरी समुदायमाथि सरकारले पनि चासोका रूपमा लिए उनीहरूको जीवनस्तर उक्सन्थ्यो ।’
ऐतिहासिक रूपमा थारू भूमीपुत्रका रूपमा चिनिए पनि थारू समुदायको जीवनस्तर परिवर्तनका निम्ति सरकारले विशेष काम गर्न नसकेको उनको तर्क छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – २६ बैशाख
सर्लाहीमा कोरोनाबाट निको हुनेको संख्या ९९ पुग्यो
वल्र्ड मास्टर एथलेटिक्स स्थगित
सम्झना ओलीको ‘मनमा’
काठमाडौं उपत्यकामा थपिए ७६७ जना संक्रमित, ६ जनाको मृत्यु
ओली समुह काठमाडौमा रनभुल्ल, दाहाल नेपाल समुह जिल्लामा सक्रिय

आजको समाचार

‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस

साताका लोकप्रिय समाचार

‘बाजुरा बैकुण्ठ रैछ’
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

‘बाजुरा बैकुण्ठ रैछ’
Kumar Raut || 26 October 2021
बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा बैकुण्ठ रैछ’ बोलको मौलिक देउडा गीतको छायाकंन गरिएको छ । राजेन्द्र शाह विपीको शव्दमा...

कुरी-कुरी