मध्यतराईमा ‘दशरा’


पर्सा । ‘दशरा’ भन्नासाथ मध्यतराईमा आममानिसको मन प्रफुल्ल हुन्छ । कारण यस क्षेत्रका हरेक मानिसको मनमा यसले डेरा जमाएर बसेको छ । समुद्री सहतभन्दा निकै परको समथर भूभाग हो नेपालको तराई । हिमालय पर्वतको मुन्तिर पहाडको पनि दक्षिणतर्फको अन्नको भण्डार भनी चिनिने समथर भूभाग हो तराई । यसैको मध्यभागतिरको भोजपुरी भाषी ठाउँ, बोलचालको भाषामा भोजपरा क्षेत्र अर्थात् मध्यतराई । जहाँ हरेक वर्ष आउने महान् चाड दसैं (दशरा)को नामले परिचित छ ।

हिन्दु धर्मावलम्बीको महान् भनिने यो पर्व नै मनाउन अन्य धर्मालम्बी समेत सहभागी हुन थालेका छन् अचेल । मुस्लिम दाजुभाइ दिदीबहिनीमा पनि दशराले एक प्रकारको छुट्टै ऊर्जा सञ्चार गर्ने गरेको छ । स्थानीय सरोज चौधरी पनि यसको महŒव अन्य पर्वभन्दा बढी भएको बताउँछन् ।

दशरामा उज्यालो नहुँदै गाउँदेखि बजारसम्म जताततैका मठमन्दिरमा दुर्गामाताको भजन राति ११ बजेसम्म एकतमासले बजिरहन्छ । ती भजनले दशरा आएको संकेत गर्छ । अझ घटस्थापनाका दिनदेखि नवदुर्गा पूजाभरका लागि ठूलो पण्डाल टाँगेर त्यसभित्र अस्थायी रूपमा माटोका मूर्ति र मन्दिर बनाई नौ दिनसम्म हुने पूजाले आमसर्वसाधारणको मन तानिरहेको हुन्छ । आश्विन शुल्क प्रतिपदाको दिन अर्थात् घटस्थापनाको दिन कशल यात्रा गरी स्थानीयले नकिजको नदी तलाउबाट कलशमा जल भरी अस्थायी धार्मिक स्थलमा पनि विधिपूर्वक नवदुर्गा माताको पूजापाठ गर्छन् ।

पूजापाठ गर्नेले नौ दिनसम्म व्रत बस्ने चलन निरन्तर चल्दै आइरहेको छ । गतवर्ष कोरोनाले थलिएको यो क्षेत्रमा चहलपहल पातलिए पनि यो वर्ष मानिसको सल्बलाहट अस्थायी मन्दिर र मूर्ति निर्माणतर्फ पनि केन्द्रित भएको देख्न सकिन्छ ।

बालबालिका र नवयुवायुवती अस्थायी र साविकका स्थायी मठमन्दिर, हाटबजार जान पाउने, घुम्ने, डुल्ने, रमाइलो गर्ने र मेलामा जेरी, लंगलती खाने बेलुन किन्ने उडाउने अनि नयाँ पोसाकमा पनि सजिन पाउने कुराले दशराको आकर्षण बढेकै छ । युवायुवती र अधबैंसेका लागि मेलापर्वमा आफूले चाहेको मानिसलाई सुटुक्क हेर्न र भेट्न अवसर जुर्ने भएपछि झन भित्र–भित्रै पर्वको आनन्द अनायास बढिरहेको हुन्छ । व्यापार र जागिर गर्नेका लागि अन्य समयभन्दा केही बढी अर्थोपार्जन हुने र दशराको अधिक खर्चलाई व्यवस्थापन गर्न सहज हुने अपेक्षा पर्व नजिकिएसँगै बढिरहेको हुन्छ । चाडपर्वको बाहिरी कुरा यस्ता भए पनि धार्मिक पक्ष पनि दशराको उत्तिकै मध्यतराईमा शक्तिशाली छ ।

दशरामा माता दुर्गाभगवतीको तपस्यापूर्वक आराधना गरी मनाइने परम्परा सदियौं पहिलेदेखि चल्दै आएको हो । यो समयमा शक्तिकी देवी माँ दुर्गा भवानीको नौवटा रूपलाई विशेष मानिन्छ । मार्कण्डेय पुराणमा र सावणी मनुन्तरीमा नौ दुर्गाका रूपलाई
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।

तृतीयं चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम् ।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नव दुर्गा प्रकीर्तिताः

भनी वर्णित गरिएको वीरगन्जको घडिअर्वा मन्दिरका पूजारी धु्रवप्रसाद सिग्देलले बताए ।

नवदुर्गाका नौ रूपलाई उनले मार्कण्डेय पुराण उल्लेख गरिएको स्लोकबाटै प्रस्ट पारे । मध्यतराईमा असोज शुक्लपक्ष प्रतिपदाका दिनदेखि भगवतीको शैलपुत्री रूपको अराधना हुन्छ । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पा“चांै दिन स्कन्दमाता, छैठांै दिन कात्यायनी, सातांै दिन कालरात्री, आठांै दिन महागौरी, तथा नवौं दिन सिद्धिदात्रीका रूपको अराधना हुन्छ । नौ दिनमा भगवतीको नौवटा रूपको अराधना गर्नुपर्ने भएको हुनाले नै यो पर्वलाई नौरथा का रूपमा पनि चर्चा गर्ने गरिएको उनले बताए । नौरथाभर व्रत लिनेले अन्न नखाई नवरात्र व्रतमा दुर्गाशप्तसतीको पाठ गर्ने गरेका छन् । विशेषगरी शक्तिको पूजा हुने भएकाले दुर्गामातासँग चिताएको फल माग्ने र पाउने विश्वासका साथ मानिस निष्ठापूर्वक व्रत बस्ने चलन पनि व्यापक हुँदै गएको छ ।

श्रद्धापूर्वक भगवतीको नवरात्र अराधना गर्ने साधकले – यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् । जे जे चिताउँछ त्यो अभिष्ट वस्तु निश्चय नै प्राप्त गर्न सफल हुन्छ भनी भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्विवेदी (दधिची) पनि बताउँछन् । तिथिको कारण यो वर्ष चाहिँ ‘नवरात्र’ व्रत जम्मा आठ दिनको मात्र हुने उनको भनाइ छ । षष्ठी तिथिको क्षय भएको हुनाले षष्ठी र सप्तमी तिथिको पूजा एकै दिन गर्नुपर्ने भएको उनले बताए । घरघरमा घटस्थापना गर्नेभन्दा पनि विशेष मठमन्दिरमा गएर पूजापाठ गर्ने चलन अलि बढी भएको प्रतिष्ठानका अध्यक्ष दधिचीको तर्क छ । पञ्चांग निर्णायकका अनुसार दुर्गा देवीको वास्तविक सवारी यो वर्ष घोडामाथि दुर्गा देवीको आगमन हुने उनको भनाइ छ । यस दिन रातिको प्रहरमा कालरात्रीको पूजा हुन्छ । सो पूजामा दुर्गादेवीको शृंगार गर्ने परम्परा छ । सप्तमीकै दिन शुभ–साइत पारेर दुर्गा भगवतीको मन्दिरमा पूmलपाती भिœयाउने परम्परा मध्यतराईमा पनि रहेको छ । सप्तमी तिथिकै दिन माता भगवतीलाई सप्त बलि दिएपछि बलिको सुरुवात सर्वसाधारणले पनि गर्ने गरेका छन् ।

चोक चोकमा सामूहिक प्रयासमा स्थापना भएका पण्डालमा दुर्गा शप्तसतीको मूर्ति रहस्यअनुसार भगवतीको माटोको आकर्षक मूर्ति स्थापना गरी भक्ति तथा विधिपूर्वक पूजाअर्चना यसैका लागि गरिन्छ । भोजपुरी भाषामा यसलाई ‘भवानी स्थापना’ भन्ने गरिएको प्रतिष्ठानका अध्यक्ष द्विवेदीले बताए । भवानी स्थापना भएको स्थानमा प्रायः मेला–रमिता लाग्ने मनोरञ्जनात्मक खेल तमासा हुने गरेका छन् । तराईको शान कुस्ती खेल पनि दशराको अवसरमा ठाउँ ठाउँमा हुने गरेको छ । मेलामा विभिन्न किसिमका मिठाई, फलफूल तथा गृहोपयोगी वस्तु पनि किनबेच हुने गर्छन् । नवमी तिथिको दिन साइतअनुसार पूर्णाहूति भएर नवरात्र व्रतको समाप्ति हुन्छ । त्यसपछि भने तराई (मधेश) मा दशराको रौनक सकिन्छ ।

पहाडी समुदायका मानिसले भने नवदुर्गाको पूजा सकिएपछि भोलिपल्ट दशमीका दिन आफ्नो घरमा राखिएको जमरा र टीका प्रसाद ग्रहण गर्ने गरेका छन् । अन्य मधेशका हिन्दु परिवारमा पनि टीका लगाई दसैंलाई बिदा गर्ने चलन पनि छ । पहाडमा जस्तो कोजाग्रत पूर्णिमासम्म तराईमा उति टीका लगाएर हिंड्ने चलन पछिल्लो समयमा छैन । स्थानीय शैलज अधिकारीले पनि पाँच दिनसम्म कहाँ अब टीका लगाएर हिंड्ने ? भनी तर्क गर्छन् । दशमीका दिनपछि सबै कलकारखाना पनि खुल्ने र पर्वको रौनक घट्दै जाने हुँदा दसैंको रौनक नौरथाभर नै तराईमा बढी हुने उनको तर्क छ । हुन पनि नवमीपछि तराईमा दसैंको रौनक सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

होटल व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा भट्टराई
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – २ भदौ
बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते
६ सय ९४ सुरक्षाकर्मीमा कोरोना संक्रमण
कोरोना संक्रमण समुदायमा फैलिएको बारे अध्ययन शुरु
गाउँपालिकाको जेसिविमा अज्ञातद्वारा आगजनी

आजको समाचार

प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली
महाअभियोगको सामना गर्न प्रधानन्यायाधीश जबरा तयार

साताका लोकप्रिय समाचार

प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह

भर्खरै

प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
Kumar Raut || 26 October 2021
जनकपुरधाम । प्रदेश २ सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि २ वटा अध्यादेश सिफारिस गरेको छ । मन्त्री परिषदको आज सम्पन्न...

कुरी-कुरी