मान्यजनले दिने आशीर्वादका मन्त्र

बडादसैंका बेला मान्यजनका हातबाट टीका , जमरा तथा प्रसाद ग्रहण गर्ने गरिन्छ । दुर्गा भवानीको प्रसादस्वरूपका टीका र जमरा ग्रहण गर्ने क्रममा विभिन्न संस्कृतका मन्त्रहरू उच्चारण गर्ने गरिन्छ । मन्त्रसँगै विभिन्न आशीर्वाद पनि दिने चलन छ । संस्कृतका मन्त्रमा धन, मान, ऐश्वर्य, बल, आयु, स्वास्थ्य, ज्ञान, शान्ति मनोकामनालगायतका शुभेच्छासहित आशीर्वाद दिने गरिन्छ । विभिन्न मन्त्र भए पनि नेपाली समाजमा दुईवटा मन्त्र बढी प्रचलित छन् । आयु द्रोणसुते श्रीयो दशरथे भन्ने मन्त्र पुरुषलाई टीका लगाइदिँदा उच्चारण गर्ने मन्त्र हो । यसैगरी जयन्ति मंगला काली भद्रकाली कपालिनी भन्ने मन्त्र महिलालाई टीका लगाइदिँदा उच्चारण गर्ने गरिन्छ ।

पुरुषलाई टीका लगाइदिँदा उच्चारण गर्ने मन्त्र या आसिक :
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्याेधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

आयु द्रोणसुते भनेको द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु होस् भन्ने हो । अष्ट चिरन्जीवीमध्ये एक अस्वत्थामाको आयु यो ब्राह्माण्ड रहुन्जेल भएको पुराणमा उल्लेख छ । मन्त्रका क्रममा श्रीयो दशरथे भन्नाले दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस् भन्ने कामना हो । यसैगरी शत्रुक्षयं राघवे भनेको भगवान् रामको जस्तो शत्रु नाश होस् भन्ने हो । रामका शत्रु सबैको नाश भएजस्तै टीका थाप्नेको पनि शत्रु नाश होऊन् भन्ने शुभेच्छा हो । ऐश्वर्यं नहुषे भनेको नहुष राजाको जस्तो खुसी ऐश्वर्य होस् भन्ने हो । जीवनमा सधै हाँसीखुसी रहनुपरोस्, दुःख नपरोस्, मनमा आनन्द होस् भन्ने कामना मन्त्रमा उल्लेख गरिएको छ । यसैगरी गतिश्च पवने भन्नाले पवन पुत्र हनुमानको जस्तो गतिशीलता होस् भन्ने हो । हनुमानको गति यति छिटो थियो की उनले आफ्नो गतिमा लाखौं कोस समुन्द्रपारी लंका पुगेर माता सीताको पत्ता लगाएका थिए ।

अहिलेको आधुनिक युगमा पनि उनै हनुमानको जस्तो गतिका साथ हामी मानव अगाडि बढ्नुपर्छ । टीका थाप्ने मन्त्रमा मानश्च दुर्याेधने पनि भनिन्छ । यसको अर्थ दुर्याेधनको जस्तो मान हुन सकोस् भन्ने हो । दुर्योधनले आफूले मान्नुपर्ने र पाहुनालाई धेरै मानसम्मान दिने गरेको महाभारतमा उल्लेख छ । यसैगरी दानं सूर्यंसुते भनेको सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस् भनेको हो । अहिलेको युगमा दान महŒवपूर्ण छ । कसैका लागि सानो दान पनि महत्वपूर्ण हुनसक्छ तसर्थ द्वापर युगमा कर्णले दान गरेजस्तै हुनु भनेर आशीर्वाद दिइने चलन छ । कर्णले आफूलाई जस्तै दुःख पर्दा पनि दान गर्न छोडेका थिएनन् । बलं हलधरे भन्नाले हलो बोकेर हिड्ने कृष्णका दाजु बलरामको जस्तो बल होस् भन्ने कामना पनि गरिन्छ । बल बिना कसैको अस्तित्व हुँदैन । अहिलेको समाजमा मुडे बल मात्र नभई बुद्धिसहितको बल चाहिन्छ । यसैगरी सत्यञ्च कुन्तीसुते भनेर टीका जमरा लगाउँदा मान्यजनले आसिक दिन्छन् । यसको अर्थ कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता होस् भन्ने हो । सत्य बलवान् छ, सत्य कहिल्यै लुक्दैन र सत्य जसले गर्छ त्यो सफल हुन्छ । युधिष्ठिरले पनि जीवनमा सत्य मात्रै बोले र व्यवहारमा पनि उतारे । जसका कारण असत्यका प्रतीक कौरब पराजित भए । विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे भन्नाले विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वाद दिने गरिन्छ ।

महिलालाई टीका लगाइदिँदा दिने आशीर्वाद ः
ॐ जयन्ती मंगला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री, स्वाहा स्वधा नमोस्तुते ।

मानिसको मस्तिष्कमा रहेको विकार हटाइ पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने मान्यता नेपाली समाजमा छ । पूर्व–पश्चिम फर्किएर टीका ग्रहण गर्दा राम्रो हुने मान्यता छ । दसैंमा रातो टीका र जमरा लगाउने गरिए पनि कुनै कुनै समुदायले भने सेतो टीका पनि लगाउने गर्छन् । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ । यसपालि टीकाको उत्तम साइत अशोज १४ गते शनिबार बिहान ११ बजेर ५५ मिनेटमा रहेको छ ।

देवी विसर्जन मन्त्र

नवरात्रभर देवीलाई पूजाआजा गरी विजया दशमीका दिन विसर्जन गरिन्छ । देवी बिर्सजन १४ अशोज शनिबार बिहान ८ बजेर १ मिनेटमा उत्तम साइत रहेको छ । देवी विसर्जनका बेला पनि निम्न मन्त्र उच्चारण गरिन्छ ।

‘आवाहनं नजानामि नजानामि विर्जसनम् ।
पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी ।
इमां पूजां मयादेवी यथाशŒया निवेदितम् ।
रक्षार्थ त्वत्प्रसादाय ब्रज स्वस्थानमुत्तमम् ।।’

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

यातायातका कर्मचारीको ‘सेटिङ’ विरुद्ध अख्तियारमा उजुरी
राजकुमार चार्ल्सलाई कोरोना सङ्क्रमण
पीसीआर रिपोर्ट तुरन्त देऊ
अगस्टदेखि अमेरिकाले फाइजरको ५० करोड डोज खोप वितरण गर्ने
राष्ट्रियसभा सदस्य उपाध्यायको निधन
सार्वजनिक बसमा अब नगदविहीन भाडा

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी