दसैँको बेला मोटरसाइकलमा लागुऔषध ओसारपसार गर्ने चार जना पक्राउ

बुटवल । रुपन्देहीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका–२२ का २७ वर्षीय सागर पोख्रेल, ललितपुरको गोदावरी नगरपालिका–१ प्रगतिनगरका २० वर्षीय मधुकर विश्वकर्मा, रुपन्देहीको गैडहवा गाउँपालिका–९ का ३४ वर्षीय दुर्गा राना र कञ्चन गाउँपालिका–२ का १६ वर्षीय अशोककुमार लोध रहेका छन् ।

जिल्लाको तिलोत्तमा नगरपालिका–३ स्थित योगीकुटी शान्तिकुञ्जमा ग ७ प ६५१५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक पोख्रेल र मोटरसाइकलमा सवार विश्वकर्माले झोलामा बोकेको नुफिन ३७ सिसी, फेनरागन ३७ सिसी, डाइजेपाम ३७ सिसी फेला पारी उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै गैडहवा गाउँपालिका–८ स्थित कञ्चनपुरमा लु ३ प ३३९४ नम्बरको मोटरसाइकलाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक राना र मोटरसाइकलमा सवार लोधको साथबाट नाइट्राभेट ८८ पिस र डाइजापाम ४८ पिस फेला पारी उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरिएका चार जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

दैलेखमा खानेपानी प्रमुख सहित ४ जना घुस सहित पक्राउ
पटाका सहित पक्राउ
केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त, सपथ भाेली हुने
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६७ हजार नाघ्यो
संसदमा प्रतिपक्षको आवाज सुनिनुपर्छ : महेश बस्नेत
साथीको बिहे खान भन्दै एउटै मोटरसाइकलमा चढेका तीन मध्ये दुई जनाको मृत्यु

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी