बेलायतमा मध्य जुलाईपछि सबैभन्दा बढी सङ्क्रमित

लन्डन । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला दिनहरुमा झन् बढेको देखिएको छ । यहाँका अधिकारीहरुले बुधबार यहाँ मध्य जुलाईपछिकै सबैभन्दा धेरै सङ्क्रमित देखिएको बताएका छन् ।बेलायतका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही दिनमा सङ्क्रमण झन् बढेको पाइएको बताएका हुन् ।

यहाँका सरकारी अधिकारीहरूले बताएअनुसार बुधबार यहाँ गएको २४ घन्टापछि पहिलो पटक ४२ हजार जना भन्दा बढी सङ्क्रमित देखिएका हुन् । सरकारले अघि सारेका स्वास्थ्य सम्बन्धी कार्यक्रम र अन्य मापदण्ड लगायतका प्रयासका बाबजुत पनि यहाँ सङ्क्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ४२ हजार ६७७ जनामा एकै दिनमा सङ्क्रमण भएको छ ।

यो समेतगरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८२ लाख ७२ हजार नाघेको छ । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण एक सय ३६ जनाको मृत्यु भएको छ । बेलायतका स्वास्थ्य अधिकारीले निकै लामो समयपछि यहाँ धेरै समयपछि यतिधेरै व्यक्तिको एकै दिन मृत्यु भएको बताए ।योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३८ हजार ८० जनाको मृत्यु भएको छ ।

बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजारजना अझै पनि अस्पतालमै उपचाररत रहेका छन्। यहाँका १६ वर्षमाथिका झन्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

हार्भी वाइन्सटिन बलात्कार र यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर
गणित सम्बन्धी संस्था आन्दोलनमा
सप्तकोशी नजिकै एक युवकको शब फेला
एम्बुलेन्सको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
विद्युतीय सवारी सञ्चालन गर्ने सरकारको योजना अलपत्र
कोरोना भाइरसबाट भारतमा एकैदिनमा २ हजारको मृत्यु

आजको समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
भीम रावललाई ओलीको सन्देश : लेखराज भट्टलाई छाड्न सकिँदैन
आज वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने

साताका लोकप्रिय समाचार

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह
नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

भर्खरै

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड
Dhruba Lamsal || 26 October 2021
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वाेत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । भारतीय उपराष्ट्रपति...

कुरी-कुरी