आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

काठमाडौं । नेपालीको महान चाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी हो । आज आश्विन शुक्लपक्षको प्रतिपदाका दिन घटस्थापना गरेर नौ दिनसम्म पूजाआराधना गरिएको दुर्गाभवानीको विसर्जन गरिँदै छ ।

विजया अर्थात अपराजिता देवीको पूजाआराधना गर्दै बाजागाजाकासाथ देवीलाई विसर्जन गरिन्छ । महानवमीसम्म पूजा गरीएकी देवीको आज विधिवत रुपमा विसर्जन गरिन्छ । विसर्जन पूर्व नवरात्रभर पूजा गरिएका नौ देवीको पनि आज पूजा गरिन्छ । देवी विसर्जन गर्ने उत्तम साइत आज बिहान ८ः१९ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

घरमा देवीको आह्वान गरेको दशौंदिन विजया देवीको पूजा गरिने र नौदिनसम्म उपासना गरिएको देवीको प्रसादलाई टीका र जमराको रुपमा लगाइने भएकाले आजको दिनलाई विजया दशमी भनिएको हो ।

शुम्भ र निशुम्भ नाम गरेका राक्षसलाई देवताहरूको आग्रहमा यिनै देवीले बध गरेको कथा मार्कण्डेय पुराणमा उल्लेख छ । पुराणका अनुसार यसैदिन महिषासुर र शुम्भमाथि विजय प्राप्त गरिएको थियो । त्यस्तै भगवान रामले पनि विजया देवीको आराधना गरी दशमीकै दिन राक्षसराज रावणलाई मार्न लंका प्रस्थान गरेका थिए ।

देवी विसर्जन गरेपछि घटस्थापना गरेको घडाको जलले अभिषेक गर्ने र देवीको प्रसादलाई अन्य देवता तथा आ–आफ्ना कुलदेवतालाई चढाई मान्यजनबाट टीका जमरा लगाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वहुमत पालिकामा नेतृत्व जिते पनि कांग्रेस समन्वय समितिमा अल्पमतमा