कैलालीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

सांकेतिक तस्वीर

धनगढी । कैलालीको टीकापुर नगरपालिका–२ विकास टोलमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । तीव्र गतिका कारण अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाइ छ ।

से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हँदा मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार सोही ठाउँका १८ वर्षीय केशव मगरको मृत्यु भएको हो । दुवै जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार टीकापुरकै १९ वर्षीय आशिष मगरको भने कोहलपुरमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

कुरी-कुरी