एस्टन भिल्लामाथि आर्सनलको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले एस्टन भिल्लामाथी सहज जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा आर्सनलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको हो । आर्सनलको सहज जितमा थोमस पार्टी, पिएरे इमरिक औवामियाङ र इमिल स्मिथ रोवीले गोल गरे । एस्टन भिल्लाका ज्याकोव राम्सेले १ गोल फर्काए । यो जितपछि आर्सनल ९ खेलबाट १४ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ । पराजित भिल्ला १० अंक जोडेर १३औँ स्थानमा छ ।

प्रिमियर लिगअन्तर्गत शनिबार ६ वटा खेल हुँदैछ । चेल्सीले नरवीच सिटीको सामना गर्दा क्यास्टल प्यालेस र न्यूक्यासल भिड्ने छन् । यस्तै लिड्स युनाइटेड र वल्भस, इभरटन र वाटफोर्ट, साउथ हेम्टन र बुर्नली तथा ब्राइटनले म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 374 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकीकृत समाजवादीको चुनावी प्रतिबद्धता सार्वजनिक