आज देशभर एमालेको वडा अधिवेशन

काठमाडौं । नेकपा (एमाले(ले आज शनिबार मुलुकभर वडास्तरका अधिवेशन आयोजना गर्दैछ । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो ।

अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने छन् । र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ ।

यद्यपि, बाढीपहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन हुने छैन । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

शुक्रबार बसेकाे एमाले स्थायी कमिटी बैठकले रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित २१ सदस्यीय १०औँ महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको थियाे ।

बैठकले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन गर्नका लागि २०७७ चैत मसान्तसम्म सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार बैठकले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न र अन्य आवश्यक निर्णय गर्नका लागि स्थायी कमिटीको बैठक ११ कात्तिकमा बोलाउने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठक १२ कात्तिकमा बस्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतगणना धमाधमः कांग्रेस एमालेबीच नै टक्कर