‘बाजुरा बैकुण्ठ रैछ’

बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा बैकुण्ठ रैछ’ बोलको मौलिक देउडा गीतको छायाकंन गरिएको छ । राजेन्द्र शाह विपीको शव्दमा तयार गरिएको बाजुराको संस्कृति झल्किने देउडा गीतको सोमबार मार्तडीमा छायाकंन गरिएको हो । जिल्लाको मौलिक कला संस्कृतिलाई समेटेर तयार पारेको बाजुरा बैकुण्ठ रैछ बोलको ऐतिहासिक देउडा गीतको छायाङ्कन सदरमुकाम मार्तडीमा गरिएको हो । बाजुरा जिल्लाका हरेक क्षेत्रका मौलिक पनहरुलाई समेटेर तयार पारिएको सो गीतमा देउडा गायक प्रकाश थापा, राजेन्द्र बाजुराली र पुणर्कला विसीको स्वर रहेको छ । गीतको एरेन्ज भने विनोद बाजुरालीले गरेका छन् ।

जिल्लाको सदरमुकाम मार्तडीको जिल्ला समन्वय समितिको प्राङ्गणमा देउडा गीत खेलिएको थियो भने देउडा गीत खेलाएपश्चात बाजुराको संस्कृति झल्कने सबै बृत्तान्त पर्दशन सहित बजारमा भुवापर्वको झल्को, अनन्ते पर्वको झल्को मागल, हुड्केउली र भोटे सेलो लगायतका पर्वहरु दृष्यमा देखाईएका छन् ।

गीत मार्फत पहिलो पटक जिल्लाको पुरै कला संस्कृति झल्किने गरी छायाकंन गरिएको सो गीत बजारमा ल्याउन धेरै समय लागेको गीतकार राजेन्द्र शाह विपीले बताएका छन् । उनका अनुसार बहुप्रतिक्षित उक्त देउडा गीत छायाकंन आजबाट सूरु भएकोले तिहारपछि भिडियो सहित बजारमा आउने छ ।

गीतमा पहिलोपटक ड्रोन क्यामेरा समेत प्रयोग गरिएको छ । डीवी रौलेले छायाङ्कन रहेको सो गीतको निर्देशन हर्क खडायतले गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी