कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख

बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका अनुसार पार्वतीको मुटुको ३ भल्व फेर्नुपर्ने छ ।

उनलाई ६ लाख रुपैयाँ र ४ जना रगत दान गर्ने मान्छे ल्याउनु भनिएको छ । तर उनीसँग न रगत दिने मान्छे छन्, न पैसा छ । पैसा ५ हजार मात्रै छ भने, त्यो पैसाले काठमाडौंसम्म पुग्न टिकटसम्म पुग्दैन् ।

पार्वतीका पति जनक ६४ बर्षका छन् । उनीसमेत बेलाबेलामा हृदयघात हुने र स्वास्थ्य निकै अवस्था कमजोर भएका ब्यक्ति हुन् । गाउँघरमा सिलाई पेसा अंगालेका जनक दम्पतिका ६ छोरी र एक ६ बर्षका छोरा छन् । सिलाई पेसाबाट उनिहरुको पालनपोषण गर्नै मुस्किल छ । कसरी उपचार गराउने केही सोच्नै सकेका छैनन् ।

उपचारका लागि ६ लाख लिएर आउ भनेकी उनी ५ हजार बोकेर राजधानी हिडिन्

जनक–पार्वती दम्पतिले उपचारकै क्रममा अहिलेसम्म आफ्नो खेतबारी बेचिसकेका छन् भने, १३ लाख ५०हजार ऋण लागिसकेका छन् । जनकले भने, ‘श्रीमतिलाई बैतडी,डडेल्धुरा, धनगढी देखी काठमाण्डौंका धेरै अस्पतालहरुमा पु¥याउँदा, उपचार खर्च होटलको बसाई, यातायात खर्च गरेर लाखौँ खर्च भैसकेको छ ।

अझ अहिले अप्रेसन खर्च मात्रै ६लाख लाग्छ भनेको छ । काठ्माण्डौँमा आफ्नो कोहिपनी छैन् । कहाँ बस्ने के खाने ? केहि सोच्न सकेका छैनौँ । साढे १३ लाख रकम ऋण लागिसक्यो, कसरी तिर्ने केहि आधार छैन् ।’ आफुले सांग्रीला बैंकबाट ६ लाख, नेपाल इन्भेस्टमेन्ट बैंकबाट ३ लाख र गाउँघरबाट ४ लाख ५० हजार ऋण निकालेको ठगुन्नाले बताए ।

मुटुरोग पीडित पार्वतीले भक्कानिदै भनिन् ‘मलाई बाँच्ने आशा निकै कम छ । घरमा १२ बर्षदेखि २० बर्षसम्मका ६ छोरी छन् । ६ बर्षको १ छोरा छ । दुबै बुढाबुढी बिरामी छौँ । मर्ने–बाँच्ने निश्चित छैन् । ७ छोराछोरी टुहुरा भए भने कसले हुर्काइदेला ? यही चिन्ता छ । रातदिन रोएरै बिताउछौँ । आफु मुटुको बिरामी छु, काम केही गर्न सक्दैन् ।’

मुटरोग यसरी पत्ता लाग्यो
गत २०७७ माघ महिनामा पार्वती बिरामी भएर १५ दिन घरमै थला परिन् । उनलाई स्थानीय मेडिकल र जिल्लास्थित प्राइभेट पोलिक्लिनिकहरुमा लगियो । त्यसपछि जिल्ला अस्पताल हुदैँ डडेल्धुरा अस्पताल, धनगढीस्थित माया मेट्रो अस्पताल पु¥याई अन्तमा काठमाडौं लगियो । मुटुरोग पत्ता लागेपछि उनलाई उपचार सुुरु गरियो ।

अहिले पनी उनको सरीर झम्झमाउने, हिडडुल गर्न नसक्ने, बढी समय उभिन नसक्ने, सरीर दुखरिहने, सास फेर्न गाह्रो हुने, हातखुट्टा सुनिने लगायतको समस्या छ । उपचार गरौँ पैषा छैन्, लाखौँ ऋण लागिसक्यो, उपचार नगरु छोराछोरी कसले पालिदेला ? उनिहरुकै चिन्ता छ । पीडित पार्वतीले भनिन्, ‘मेरो छोरा १५बर्ष सम्मको पनी भैदेको भए केहि आसा हुन्थ्यो अब के गरु । कोहि म दुःखिलाई सहयोग गर्ने दाता हरु भैदिए उपचारमा सहयोगका सबैसंग लागि अनुरोध गर्छु ।’

मुटुरोगी पार्वतिको परिवारलाई पाटन नगरपालिकाले १५ हजार रकम उपलब्ध गराएको र विपन्नताका कारण १लाख रकम उपचार शुल्कमा छुट गरिदिन सिफारिस गरेको पाटन–५का वडाअध्यक्ष फुनिसिंह बोहराले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी