Friday, May 29, 2020
Home Not-to-be-missed विद्यार्थीमाथि निर्ममताको हद : कम अंक ल्याउँदा ३४ विद्यार्थीको हात ब्लेडले चिरियो

विद्यार्थीमाथि निर्ममताको हद : कम अंक ल्याउँदा ३४ विद्यार्थीको हात ब्लेडले चिरियो

हात चिर्न लगाउने शिक्षिका पक्राउ

काठमाडौं।  राजधानीमा नै एक विद्यालयकी शिक्षिकाले आफ्ना ३४ जना विद्यार्थीलाई कक्षा परीक्षामा कम अंक ल्याएको भन्दै ब्लेडले हात चिरिदिएकी छन् ।
जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले कक्षा ६ मा अध्ययनरत २५ जना र कक्षा ७ मा अध्ययनरत ९ जना गरी ३४ विद्यार्थीको हात बेन्चमा उभ्याएर ब्लेडले चिर्न लगाएकी हुन् ।
शिक्षिका कर्माचार्यले करिब एक साताअघि विद्यार्थीलाई परीक्षा लिएकी थिइन् । सोही बखत नै उनले कम अंक ल्याउने विद्यार्थीले आफ्नो हात आफैंले ब्लेडले चिर्नुपर्ने नभए आफैंले चिरिदिने धम्की दिएकी थिइन् ।

विगत १२ वर्षदेखि उनले सोही स्कुलमा सामाजिक विज्ञान विषय पढाउँदै आइरहेकी थिइन् । प्रहरीले विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई पक्राउ गरिसकेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले शिक्षिका कर्माचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रहरी नियन्त्रणमा परेपछि शिक्षिका कर्माचार्यले आफूले विद्यार्थीहरूलाई परीक्षा लिँदा नै कम अंक ल्याए हात चिर्ने धम्की दिएको स्वीकार गरेकी छन् । परीक्षाको फुल माक्र्स २० र पास माक्र्स आठ र निर्धारण गरिएको थियो । सबैभन्दा कम नम्बर ल्याउने विद्यार्थीको हात बढी काटिएको छ । उनीहरूको हातमा १५ देखि २० पटक ब्लेडले चिरिएको छ ।
‘परीक्षामा राम्रो नम्बर नल्याएका विद्याथीहरूलाई गत बिहीबार कक्षाकोठाको बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले हाफ्नो हात आफैं चिर्न लगाएको प्रारम्भिक अनुसन्धानले देखाउँछ,’ प्रहरीले भनेको छ ।

आफ्नो हात आफैंले नचिर्नेको आफैंले चिरिदिने भन्दै विद्यार्थीहरुलाई शिक्षिकाले धम्क्याएको प्रहरी बताउँछ । बानेश्वर बृत्तबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार बिहान पक्राउ गरेको हो ।
उनीमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आइतबार म्याद थप गरेर अनुसन्धान अघि बढाइने परिसर काठमाडौंका प्रमुख सुवेदीले जानकारी दिए । पक्राउ परेकी शिक्षिकामाथि अभद्र व्यवहार तथा अमानवीय यातनाको कसुरमा कारबाही गर्ने प्रहरी तयारी छ । प्रहरीले त्यसअघि सबै विद्यार्थी र अविभावकलाई भेट्नेसमेत जनाएको छ ।

विद्यालयले भने भक्तपुर घर भएकी शिक्षिका कर्माचार्यलाई अवकाश दिएको छ । अभिभावकहरूको गुनासोपछि विद्यालय व्यवस्थापन समितिको बैठकले उनलाई अवकाश दिएको विद्यालयका प्रिन्सिपल राजनकुमार श्रेष्ठले जानकारी दिए ।
विद्यार्थीलाई शारीरिक दण्ड दिने कार्यलाई निरुत्साहित गर्ने र शिक्षकबाट दण्डरहित शिक्षणलाई सम्मान गर्दै शिक्षिका कर्माचार्यलाई अवकाश दिएको अवकाशपत्रमा उल्लेख छ ।

(Visited 106 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

६० डीएसपीको पदस्थापन, केहीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ६० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को पदस्थापनसगै केहीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार एकसाथ ६० जना नयाँको पदस्थापन...

भारतबाट फर्किएकाले २४ घण्टापछि बास पाए

रौतहट । बुधबार भातबाट उद्दार गरिएकाहरुलाई बस्ने ठाउको समस्या भएको छ । स्थानिय पालिकाहरुले समयमै क्वारेन्टिन निमार्ण तथा ब्यबस्थापन गर्न नसक्दा यस्तो समस्या भएको...

सर्वोच्च अदालतको ऐतिहासिक फैसला : लकडाउन खुलेको ३० दिनसम्म हदम्याद नलाग्ने

काठमाडौं । सर्वोच्च अदालतले लकडाउनको अवधिलाई ‘शुन्य समय’को परिकल्पना गर्दै लकडाउन खुलेको ३० दिनभित्र मुद्दा मामिलामा हदम्याद नलाग्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर...

बर्दियामा थप ३ जनामा कोरोना पुष्टि

बर्दिया । बर्दियामा आज ३ जना नयाँ कोरोना संक्रिमित थपिएका छन् । जिल्लाको राजापुर नगरपालिका–६ महुवाका २९ वर्षीय एक पुरुष, वडा नं ७ शंकरपुरका...

भर्खरै

धेरै पढिएका

ई-पेपर

(Visited 33 times, 1 visits today)