मेला हेरेर फर्किदा बलात्कृत बालिकाकाे स्वास्थ्य स्थिति नाजुक

सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । जाजरकोटको नलगाड नगरपालिका-१ की अन्दाजी १४ वर्षीया बालिका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ को बाँकेज्युलामा बलात्कृत भएकी हुन् । 

बलात्कृत बालिकाको अवस्था गम्भीर भएकाले उपचारका नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । बुधबार घरबाट मेला हेर्न बाँकेज्युलामा आएकी बालिका बुधबार राति ८ बजेतिर अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले बताए । 

बालिका अचेत अवस्थामा फेला परेको र अत्यधिक रक्तस्राव भइरहेको प्रहरी निरीक्षक शर्माले बताए । नगर अस्पतालमा उपचार सम्भव नभएपछि बालिकालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । बालिकाको अवस्था हेर्दा र प्रारम्भिक अनुसन्धानबाट बलात्कार भएको देखिएको प्रहरी निरीक्षक शर्माको बताए । 

१४ वर्षीया बालिकालाई बाँकेज्युलाका २६ वर्षीय झलक जैसीले बलात्कार गरेको र उनी फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाका बुवाले इलाका प्रहरी कार्यालय राडीमा ठाडो उजुरी दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 394 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् राप्रपाले जितेका स्थान, कुन-कुन पालिकामा अग्रता ? (सूचीसहित)