पर्वको नाममा दसैंतिहारलाई बाध्यात्मक बनाउने हाम्रो मानसिकताको अन्त्य गरिनुपर्छ
चाडबाडकै नाममा जीवनशैली अनियमित र मनाउने तरिका अस्वस्थकर भइदिँदा विभिन्न स्वास्थ्य समस्याबाट आजकल हामी जगडिइरहेका छौं । पाहुनापात, साथीभाइ घरमा भएकाले आवश्यक मात्रामा पनि सुत्दैनांै, बिहान चाँडै उठेर व्यायाम तथा घुमफिर गर्ने काम पनि खुसीसाथै छाड्छौं । अबेर खाँदा तौल बढ्ने, घुर्ने र भोलिपल्ट बिहान उठ्न नसक्ने र प्रातः भ्रमण र व्यायाम हुँदैन । चाडबाडमा हामीले गरिरहेका बानी अपनाएका जीवनशैलीले हिजोसम्म स्वस्थकर खाना र जीवनशैली’bout शिक्षा दिने सामाजिक अगुवा र अभिभावकप्रतिको विश्वास डगमगाउँछ ।
दसंै, तिहार तथा अनेकन चाडबाडले धेरै मानिसलाई बिरामी बनाएर चिकित्सक वा अस्पताल पु¥याउँछ । अस्वस्थकर तयारी वा जंक खाना र नास्ताले नै प्राथमिकतामा पर्छन् । भोजमा दिइने खानेकुरा तथा जंक खानामा प्रशस्त चिल्लो र नुन हुन्छ । भोज खान बिहानैदेखि भोको बस्ने, जमातका लागि पकाउने, पस्कने, धेरै भएमा बासी राख्ने र खाने आदिले गर्दा विभिन्न जीवाणुको संसर्गमा आई अपच, आउँ, टाइफाइड तथा कमलपित्तजस्ता अनेकन रोगहरू लाग्ने गर्छन् । चाड मनाउने भनेको एकदमै रक्सी खाने, धुम्रपान गर्ने, मासु खाने एकसाथै आउँछन् । निष्क्रिय धुम्रपान गर्न बाध्य भइन्छ र बनाइन्छ । ट्राइग्लिसिराइड, युरिक एसिड, सुगर, उच्च रक्तचाप, माटोपनाजस्ता दीर्घरोगको मात्रा र गाम्भीर्यता ३० देखि ५० प्रतिशतमाथि गएको हुन्छ । जसको स्तर ठीकमा ल्याउँदासम्म शरीरको भित्रीभागमा केही न केही नोक्सान भइसकेको हुन्छ ।
खानपान, जीवनशैली र असावधानीका कारण खुसी, उमंग लिएर आउने चाडपर्व क्षणभरमै दुःखद् अवस्थामा परिणत हुन सक्ने कुरामा सजग रहनुपर्छ
पर्वको नाममा दसैंतिहारलाई बाध्यात्मक बनाउने हाम्रो मानसिकता छ । कोही पनि यो साल घर जान कठिन भयो अर्काे साल जाउँला भन्ने छैनन् र भएनन् तथा परिवारले पनि यसपालि जोखिम मोलेर नआउनु अर्काे साल पर्व मानांैला भन्ने पक्षमा भएनन् । सांस्कृतिक मूल्यमान्यताका नाममा लादिएका यस्ता बाध्यात्मक मानसिकताले गर्दा चाडबाड बाध्यताले मान्दा दशा बनिरहेछन् ।
तिहारमा मिठाई
तिहार र मिठाईको सम्बन्ध नङ र मासुजस्तै छ । तिहारमा गुलियो खानेकुराको स्थान सबैभन्दा उच्च छ, चिनी गुलियो हुन्छ, सबैलाई मनपर्छ । तर, चिनीले तत्कालै शक्ति दिनेबाहेक कुनै फाइदा दिँदैन । साथै, स्वास्थ्यका लागि उपयुक्त पनि हुँदैन । गुलियोले सेतो रक्तकोष कमजोर बनाउँछ । ग्लुकोजको रसायनिक बनोट भिटामिन सीसँग मिल्दोजुल्दो भएकाले रगतमा ग्लुकोज बढ्दा कोषकोषमा बस्छन् । जसले एकातिर भिटामिन सीको कमी भई रोगविरुद्ध लड्ने शक्तिमा ह्रास हुन्छ भने अर्काेतिर इन्सुलिन बढाई ग्रोथ हर्माेनको उत्पादन कम हुन्छ र इम्युनिटी घटाउँछ ।
इन्सुलिनले शरीरमा ट्राइग्लेसेराइडको मात्रा बढाउँछ र बोसो भण्डारण गर्छ । यसले मुटु धमनीका रोग, उच्च रक्तचाप बनाउन सक्छ । धेरै वा पटकपटक चिनी वा गुलियो परिकार खानेमा चाँडै नअघाउने, पटकपटक खाइरहने बानीले गर्दा मोटोपना, खनिज तŒवको सञ्चित र भण्डारणमा कमी ल्याउँछ । शिशुहरूमा दाँतको समस्या देखिन्छ । अत्यधिक चिनी सेवनले मानसिक एकाग्रतामा कमी, झर्किने तथा डिप्रेसन ल्याउँछ, मिर्गौैलामा नकारात्मक असर, शरीर सुन्निने, पेटको समस्या, हड्डी खिइने, टाउको दुख्ने, माइग्रेन समस्या बढी हुन्छ ।
हरेक चाडबाडमा पसलका मिठाईहरू किन्ने चलन बढ्दो छ । तर, हिजोआज बजारमा उपलब्ध विभिन्न प्रकारका मिठाईसँगै रोग पनि किनिरहेका छौं । ’cause, सामान्य दिनको तुलनामा तिहारमा बढी खपत हुने भएकाले मिसावट गरिएको अशुद्ध मिठाई तिहार आउनु साताअघिदेखि नै बनाइन्छ । मिठाई बनाउँदा धेरै समयसम्म पकाइने भएकाले अखाद्य पदार्थले शरीरमा दीर्घकालीन असर पारिरहन्छ । अर्को अस्वस्थ बानी जब चाडपर्व वा मिठाईको बिक्रीको समय आउँछ तब पसलेले मिठाई ढोकाबाहिर आँगन, बाटोसम्म राखेर बेच्ने चलनले बाटोको धुँवा, धुलोले एकातिर मिठाईलाई दूषित बनाइरहेका हुन्छन् भने अर्कोतिर झिंगा, कीरा लागि संक्रमित बनाइरहेका हुन्छन् ।
रंगीन वातावरण
विभिन्न प्रकारका रंगहरू, सिम्रिक, सिन्दूर, अविर, नीर, रोडामिन बी, ब्रिलियन्ट ग्रिन, मालाचिट ग्रिन, मेटालिन एल्लो, ओरेन्ज, जी नेप्थोल, एल्लो एस, अउरामिन, केशरी तथा चम्पारंग र बढी मात्रामा खाद्य रंग क्यारोटिन, एनाटो, विकजिन, कार्नेन, खैरो चिनी इत्यादि तथा एडेटियो पिर्जरभेटिभ प्रयोग गरिएका खानेकुरा खाँदा कतिपय अवस्थामा प्रत्यक्ष हानि गर्ने त केहीमा दीर्घकालीन असर स्वास्थ्यमा पर्छन् । रंग मिश्रित वा दूषित घिउ तेलको प्रयोगले रक्तकोषिका विशाक्त भई शरीरमा रगत कम हुने समस्या, रोगसँग लड्ने क्षमता घट्छ । भित्री कोमल अंग जस्तै कलेजो, मुटु, मिर्गाैला, कमजोर हुन्छन्, क्यान्सर हुने सम्भावना बढेर जान्छ ।
चर्मरोग लाग्ने प्रबल सम्भावना हुन्छ, बाँझोपन हुन सक्छ, आँखा, कान कमजोर हुन सक्छ, सन्तान लुला, लंगडा एवं अपांग हुन सक्छन्, सन्तानलाई ट्युमर, क्यान्सर हुन सक्छ । पुरुषको बिजकोष मार्दै लिंग सानो हुँदै जाने तथा पुरुषत्व नाश हुने, मिर्गौला तथा कलेजोमा घाउ हुने र छालामा दीर्घरोगका देखिन सक्छ ।
पटाका
दिपावली, तिहार र छठमा अत्यधिक खपत हुने पटाकाका नकारात्मक पक्ष अनगिन्ती छन् र यसबाट प्रताडित हुनेमा अधिकांश महिला, १८ वर्ष कम उमेरका बालबालिका र त्यसैमा मधेसमा बढी हुन्छन् । युनिसेफका अनुसार विश्वमा बर्सेेनि साढे ७ लाख व्यक्तिको डढेर मृत्यु हुन्छ, जसमा पटाका मुख्य जिम्मेवार छ । पटाकामा एउटा आवाजको र अर्काे पडकाई वा ब्लास्टको प्रभाव हुन्छ ।
तिखो आवाजले फिर्ता नहुन सक्नेगरी कानको भित्री नसा कमजोर हुन सक्छ भने पडकाइले कानको जाली फुटन सक्छ जुन आफंै वा शल्यक्रियाद्वारा ठीक हुन्छ । त्यस्तै, कान कराउने समस्या स्थायी वा अस्थायी रूपमा देखिन सक्छ । ५० डेसिवलभन्दा बढी आवाज कान तथा स्वास्थ्यका लागि हानिकारक हुन्छ भने १२५ डेसिबल बढीले कानको पर्दालाई नोक्सान तथा श्रवनशक्ति गुम्न सक्छ । पटाकामा भएको नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, क्याडमियम, सिसा, तामा, म्यागनिज, सोडियम, सल्फर, म्याग्नेसियम, पोटासियमलगायत हानिकारक प्रदूषणले ब्रोङकाइटिसजस्ता स्वासप्रस्वाससम्बन्धी समस्या निम्त्याउँछन् । सास र दमको समस्या हुनेहरू धुँवाबाट बच्नुपर्छ जसका लागि घरभित्रै बस्ने, बाहिर निस्कँदा मास्क लगाउने तथा दमको औषधि साथमै राख्नुपर्छ ।
तिहारका बेला पटाका चलाउँदा, दियो बाल्दा तथा खाना बनाउँदा प्रायः दुर्घटना हुन्छ । तसर्थ, प्राथमिक उपचारका लागि फस्ट एड बक्स घरमा राख्नुपर्छ । पटाकाका कारण आँखामा कुनै कण परे तुरुन्त सफा पानीले धुनुपर्छ तब पनि असजिलो महसुस भए चिकित्सकलाई देखाउनुपर्छ । बच्चा संवेदनशील हुने भएकाले पटका पड्कँदा, निस्कने आवाज, हानिकारक प्रदूषणसँगै बारुदका कण फैलिँदा बालबालिकामा केही समय सास फेर्न अप्ठ्यारो, आँखा, नाक सुक्खा हुन थाल्ने हुन्छ । आतेसबाजी र पटकाले आगजनी मात्र हँुदैन आँखामा चोट, आँखाको ढकनी च्याथिने, दृष्टि गुम्ने, हृदयाघात, रक्तचाप, दम, छाला, सास, नाकको एलर्जी, ब्रोङकाइटिस, निमोनिया, कानको जाली च्याथिने, कान कराउने, श्रवणशक्ति नोक्सान, हात, खुट्टा जल्ने, टाउको दुख्ने, अनिद्रा तथा कहिलेकाहीँ ज्यानै जानेसमेत लगायतका दर्जनांै स्वास्थ्य समस्या हुन सक्छ ।
कोरोना महामारीले अघिल्ला तिहार र छठ खल्लो बनाएकोमा यसपटक भने सबै मनाउने तयारीमा छन् । धेरै नागरिकले कोरोना खोप पाएकाले जटिलता र मृत्यु नगन्य छ । सबै पसल खोल्न र जीवन चलायमान छन् । व्यापारीलाई बेच्न र उपभोक्तालाई किन्न मात्र ध्याउन्न छ । सार्वजनिक यातायातमा खुट्टा टेक्ने ठाउँ छैन । भीड थामी नसक्नु छ । खोप लगाएकामा सामाजिक मापदण्ड पालनामा लापर्बाह छन्, कानमा तथा चिउँडोमा मास्क छ, भीडभाड छ । महामारीको त्रास र जोखिम कायमै छ ।
अन्तमा, मानवीय संवेदनाको ख्यालै नगरी बढी नाफा कमाउन खाद्य पदार्थमा खतरनाक रंग, रसायन, औषधि प्रयोग गर्ने, काला बजारी गर्ने काम रोक्न एकातिर कडा नियम कानुन, अनुगमन र नियन्त्रणका निम्ति सरकार नै अगाडि बढ्नुपर्छ भने अर्काेतिर उपभोक्तामा सचेतना आउनुपर्छ । खानपान, जीवनशैली र असावधानीका कारण खुसी, उमंग लिएर आउने चाडपर्व क्षणभरमै दुःखद अवस्थामा परिणत हुन सक्छ भनी सजग रहनुपर्छ ।