दोहोरी च्याम्पियनको उपाधि प्रकाश र मिनाको जोडीलाई

पोखरा । पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीको जोडीले जितेको छ । फेवा किनारमा शनिबार साँझ भएको फाइनलमा पराजुली र बुढाथोकीले उपाधि उचालेका हुन् ।

शोभा कार्की र बालचन्द्र बरालको जोडी दोस्रो भयो भने रिता रावत र सविन आचार्यको जोडी तेस्रो भएको छ । प्रतियोगितामा मिना नेपाल र राजेन्द्र पाठकको जोडी सान्त्वना भएको छ ।

नेपाल टेलिभिजनले आयोजना गरेको प्रतियोगिता ९ महिनाअघिदेखि सुरु भएको हो । प्रतियोगिताको विजेताले २० लाख नगद सहित १ करोडको जीवन बिमा प्राप्त गरेका छन् । उप विजेताले १० लाख र ५० लाखको जीवन बिमा, तेस्रोले २ लाख र सान्त्वना हुनेले २ लाख नगद पाएका छन् ।

उनीहरूलाई गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार हस्तान्तरण गरे । नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङले छिट्टै दोस्रो संस्करण ल्याउने घोषणा गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 359 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानको विषयमा झडपदेखि मतपेटिका आगजनीसम्म