गुल्मीमा २५ सयमा प्याराग्लाइडिङमा उड्न पाइन्छ


गुल्मी । सामान्यतया प्याराग्लाइडिङ चढ्न कति लाग्छ ? गुल्मीबाट प्याराग्लाइडिङमा उड्नको लागि पाल्पा, पोखरा लगायतका स्थानमा जानुपर्छ । अधिकाशं पर्यटकहरु पोखरा नै पुग्ने गर्दछन् । पोखरामा अहिले एकपटक प्याराग्लाइडिङमा उडेको ६५ सय रुपैयाँ लाग्छ । तर गुल्मीको मदानेमा २५ सयमै प्याराग्लाइडिङको अनुभव लिन सकिन्छ । मदाने गाउँपालिकाले संघीय सरकारसँगको साझेदारीमा दुई हजार पाँच सयमै प्याराग्लाइडिङको आनन्द लिने व्यवस्था मिलाएको छ । जुन एकदमै न्यूनतम रकम हो । गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलका अनुसार गाउँपालिकामा प्याराग्लाइडिङको प्रचार–प्रसार र प्रवद्र्धनका लागि एक हप्ते प्याराग्लाइडिङ महोत्सव नै सुरु गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर २ बाँझकटेरीको थामकोटबाट प्याराग्लाइडिङको उडान भइरहेको छ । उक्त ठाउँबाट दुईबर्षअघि परीक्षण उडान गरिएको थियो । ११ गतेबाट सुरु भएको महोत्सव १७ गतेसम्म चल्नेछ । उक्त अवधिभर एकपटक प्याराग्लाइडिङमा सयर गरेको भिडियोसहित दुई हजार पाँच सय शुल्क तोकिएको पोखरेलले जानकारी दिए । तीन दिनसम्म कुल ४१ जनाले प्याराग्लाइडिङको अनुभव लिएका छन् । मदानेका साथसाथै मालिका, इस्मा, प्युठान तथा अर्घाखाँचीका पर्यटक समेत प्याराग्लाइडिङ चढ्न आएको सूचना अधिकारी पोखरेलले जानकारी दिए । प्याराग्लाइडिङ उडानको लागि पोखराबाट पाँचजना पाइलन मदानेमा छन् ।

विदेशी पर्यटकको बढी सम्भावना

हाल पोखरामा एकपटक प्याराग्लाइडिङमा उडेको छ हजार पाँच सय भएको तर गुल्मीको विकट गाउँमा दुई हजार पाँच सयमा प्याराग्लाइडिङ चढ्न पाउनु स्थानीयको लागि अवसर भएको पाइलट भुवन गाहाले प्रतिक्रिया दिए । उनका अनुसार वातावरणका हिसाबले बिहान नौ देखि १० बजेबाट उडान गरिएको छ । वातावरण सफा भएमा दैनिक १० जनासम्मलाई घुमाउन सकिन्छ । एकजनाको यात्रा १५ देखि ३० मिनेटसम्मको हुनेछ । पाइलट गाहाले प्याराग्लाइडिङको सम्भावना पोखराभन्दा पनि मदानेमा बढी रहेको प्रतिक्रिया दिए । ‘पोखरामा हवाइजहाजको बाटोले गर्दा धेरै उडान हुँदैन, आकाश लिनुपर्छ ।’ उनले भने, ‘यहाँ (बाँझकटेरी) मा त्यस्तो समस्या छैन, धेरैभन्दा धेरै विदेशी पर्यटक आउने सम्भावना छ ।’

सडक सहज बनाउनुपर्ने

बाँझकटेरीको थामकोटबाड उडान गरेको प्याराग्लाइडिङ म्यालपोखरीको सेरमा ल्यान्डिङ गर्छ । ल्यान्डिङ गरेको पाइलट र सामग्री पुन थामकोटमै ल्याउनुपर्छ । तर थामकोटदेखि सेरसम्मको सडक अवस्था नाजुक हुँदा भने समस्या परेको पाइलट गाहाले बताए । त्यसका साथै उड्ने र झर्ने ठाउँमा आवश्यक पूर्वाधार बनाउने र सडकको अवस्था सुधार गरेमा प्याराग्लाइडिङको धेरै राम्रो सम्भावना भएको उनले बताए ।

नियमित गर्ने प्रक्रियामा छौ : पालिका

गाउँपालिका उपाध्यक्ष सरिता खड्काले पालिकाको दुई लाख ५० हजार र संघीय सरकारको सात लाख सहयोगमा प्याराग्लाइडिङ संचालन गरेको बताईन् । त्यसका साथै सडक सुधार्न र आवश्यक पूर्वाधार निर्माण गर्न पनि आफुहरु लागिपरेको उनको भनाई छ । प्याराग्लाइडिङ उडाउने क्षेत्रबाट मदाने लेक, टोप्रे लेक, धवलागिरी र माछापुच्छ«े हिमाल लगायतका मनोरम दृष्यहरु देख्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवा र प्रचण्ड धनगढीमा, देउवा गृह जिल्ला पनि जाने