Saturday, July 24, 2021
Homeअर्थमोबाइल एप्लिकेसनबाट नक्सासम्बन्धी काम

मोबाइल एप्लिकेसनबाट नक्सासम्बन्धी काम

,

काठमाडौं । नापी कार्यालय कास्कीले मोबाइल एप्लिकेसनबाट नक्सासम्बन्धी काम सुरु गरेको छ । कार्यालयले तयार गरेको मोबाइल एपबारे तयार गरिएको भिडियो क्लिक गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सार्वजनिक गरेकी हुन् ।

नापी विभागले आयोजना गरेको नाप नक्सासम्बन्धी दुईदिने सीप विकाससम्बन्धी गोष्ठीको समापन गर्दै मन्त्री अर्यालले कास्कीले सुरु गरेको सेवा देशभर लागू गरिने बताइन् । मालपोतमा सेवा सुरु भइसकेको भन्दै उनले अब देशभर लागू गरिने बताइन् ।

सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई जोड दिँदै जग्गा प्रशासनको सुधार गर्नका निम्ति अभियान थालेको भन्दै मन्त्री अर्यालले प्रविधिले छिटोछरितो सेवा लिन, सुशासनका निम्ति महŒवपूर्ण भूमिका खेलेको बताइन् । सेवामा प्रविधिको प्रयोगको रिजल्ट बिस्तारै आउँदै गरेको भन्दै उनले छोटो समयमा काम सम्पन्न गरेर घर फर्कन सेवाग्राहीलाई सजिलो भएको बताइन् ।

हिजोको शैलीले काम नहुने भन्दै मन्त्री अर्यालले हुने काममा ढिलासुस्ती पाच्य नहुने बताइन् । मन्त्री अर्यालले ऐनकानुन दिने काममा नलाग्न कर्मचारीलाई आग्रह गरिन् । ‘अनुचित कुरामा दबाब दिइँदैन । ऐनकानुनले नदिने कुरामा नलाग्नुस्’, मन्त्री अर्यालले भनिन्, जनताको सुबिधा हुने कुरामा तपाईंहरूले छिटो गरिदिनुस् । हुने काम ढिलो नगरिदिनुस् । व्यक्तिगत इन्ट्रेस्ट नराख्नुस् ।’

नापी विभागका महानिर्देशक प्रकाश जोशीले कास्कीले तयार गरेको मोबाइल एप विस्तार गरेर देशैभर पु¥याइने जानकारी दिए । प्रविधिको उच्चतम प्रयोग गर्दै अगाडि बढेको भन्दै महानिर्देशक जोशीले कार्यालयको छवि पनि सुधार गर्ने कार्यमा लागेको बताए ।

नापी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रमुख नापी अधिकृत खिमलाल गौतमले नेपालको भूमि प्रशासनमा शुद्धता ल्याउनका निम्ति नापी कार्यालय कास्कीद्वारा नापी पोखराले मोबाइल एप तयार गरिएको जानकारी दिए ।

नापी कार्यालय कास्कीबाट दिइने दैनिक सेवाहरू टोकन लिन, फर्म भर्न, कित्ताकाट, हालसाबिक भिडाउन, नक्सा प्रिन्ट, नक्सा ट्रेस उतार, प्लट रजिस्टर उतार, फिल्ड रेखांकन, क्षेत्रफल ट्रायल चेक, कित्ता एकीकरण एपपमार्फत लिन सकिनेछ ।

एपमा कार्यालयबाट सेवा लिनका लागि आवश्यक विभिन्न निवेदनका ढाँचाहरू उपलब्ध छ । कुन सेवा कसरी लिन सकिन्छ त्यसको जानकारी, कार्यालयका सूचना र जानकारी, गुनासो तथा उजुरी गर्ने व्यवस्थासमेत एपमा राखिएको छ ।

नेपालको जग्गा प्रशासनको क्षेत्रमा यस प्रकारको मोबाइल एप, पहिलोपटक कास्कीबाट सुरु गरिएको हो । मालपोत, नापीजस्ता दैनिक सेवाप्रवाह गर्ने सार्वजनिक निकायहरूमा बिचौलियाको सहयोगबिना नै सेवा प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पहिलोपटक यस प्रकारको सुरुवात गरिएको कार्यालय प्रमुख गौतमले जानकारी दिए ।

Loading comments...

आजको समाचार

माग सम्बोधन नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी

काठमाडौं । यातायात व्यवसायी एउटै प्रदेशभित्र चल्ने बस भाडा समायोजनको माग गर्दै आन्दोलित भएका छन् । सरकारले हालै मात्र एउटा प्रदेशबाट अर्को प्रदेशमा चल्ने...

सडकमै धान रोपाई गरेर विरोध

  सप्तरी, राजविराज । निर्माणाधीन हुलाकी सडकको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा सडकखण्डमा खाल्डाखुल्डी र हिलोले समस्या परेको भन्दै बिहीबार स्थानीयवासी र सवारीचालकले चक्काजाम र सडकमै धान...

पैसाको लोभमा आफ्नै साथीको हत्या

  चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी...

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

  भक्तपुर ।   भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर...

राजनीतिक ध्रुवीकरणको प्रभाव

ओली सरकार अन्त्य र देउवा सरकारको उदयसँगै नेपालमा राजनीतिक ध्रुवीकरणको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ । त्यो ध्रुवीकरण केन्द्रदेखि स्थानीयस्तरसम्म र ठूला पार्टीदेखि...

साताका लोकप्रिय समाचार

सर्वोच्च अदालतको बहुचर्चित यो मुद्दा

काठमाडौं । सर्वोच्च अदालतमा एउटा भ्रष्टाचार मुद्दाले अन्य दर्जनौं भ्रष्टाचारको मुद्दाको सुनुवाइ नै प्रभावित बनेको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको भ्रष्टाचार...

नेपालको कृषि क्षेत्रमा नयाँ प्रयोग : अब धानखेतीभित्रै हाँसको बथान

काठमाडौं । राष्ट्रिय खाद्य बैंक लिमिटेडले नेपालमै पहिलोपटक व्यावसायिक रूपमा ‘राइस डक फार्मिङ’को सुरुवात गरेको छ । यो फार्मिङ भनेको धानको खेतीभित्र लोकल हाँसको उत्पादन...

सरकारप्रतिको अपेक्षा

शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न...

मन्त्रालयको भागबन्डा सहमतिनजिक, नेपाल पक्ष पनि सरकारमा

काठमाडौं । शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका...

मुक्त कमैयासँग लालपूर्जा छ, जमिन छैन

  कञ्चनपुर । कञ्चनपुरमा मुक्त कमैया पुनःस्थापनको कार्य पूरा भएको डेढदशक बित्न लाग्यो । मुक्त भएका यी धेरै परिवारको हातमा लालपूर्जा त छ तर जग्गा...

ट्रेन्डिङ

प्राविधिकतर्फ झन्डै ३ सय पदमा विज्ञापन

काठमाडौं । लोकसेवा आयोगले आज बुधबार निजामती सेवाकतर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा...

काँग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित

काठमाडौँ । नेपाली काँग्रेसले बाँके जिल्लाका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीको अनुशासन उल्लङ्घन गरेकोमा निष्काशन गरेको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?