सहरीकरण एवं वैश्विक तपनको कृषि क्षेत्रमा प्रभाव

सहरीकरणबाट व्यक्ति अनि ठाउँ दुवै प्रभावित हुन्छ । सहरीकरणको परिणामस्वरूप गैरकृषि क्षेत्रको गतिविधिको प्रभुत्व हुन्छ तथा जनसंख्यामा संरचनात्मक परिवर्तन हुने गर्छ । सहरीकरण सामाजिक विकास एवं आर्थिक परिवर्तनको प्राकृतिक परिणाम हो । सहरीकरणको एउटा प्रमुख कारण औद्योगिकीकरण पनि हो र उद्योगहरूको स्थापना सहरीकरणलाई प्रोत्साहन मिल्छ । एउटा गाउँ जब सहरमा परिवर्तन हुन्छ, तब खेतीयोग्य भूमि, वन, चरण आदि नष्ट हुन्छ । वर्ष १९७५ मा विकासशील देशमा २७ प्रतिशत जनसंख्या सहरमा बस्दथे । वर्ष २००० सम्ममा यो बढेर ४० प्रतिशत पुग्यो र एउटा अनुमानअनुसार २०३० सम्ममा यो संख्या बढेर ५६ प्रतिशत हुनेछ । विकासशील देशको तुलनामा विकसित देश अत्यधिक सहरीकृत छन् । जहाँ ७५ प्रतिशत बढी जनसंख्या सहरमा बसिराखेका छन् । आर्थिक विकासका कारण नेपालमा पनि सहरीकरणलाई प्रोत्साहन मिलेको छ ।

सहरीकरणले औद्योगिकीकरणलाई जन्माएको छ । आज ठूला उद्योग सहरहरूको पहिचान बनिसकेका छन् । यसबाहेक सहरीकरणकै परिणामस्वरूप मोटर गाडीहरूको संख्यामा अभूतमपूर्व वृद्धि भएको छ । सहरमा उद्योग तथा मोटर गाडीमा उपयोग हुने इन्धनहरूबाट उत्सर्जित हुने कार्बनडाइअस्साइड, नाइट्रसअक्साइड तथा नाइट्रोजन डाइअक्साइड ग्यासहरूले जलवायु परिवर्तनजस्तो गम्भीर खतरालाई जन्म दिएको छ । यसको अतिरिक्त सहरीहरूमा ठूलो मात्रामा उपयोग हुने एअरकन्डिसनर तथा रेफ्रिजेरेटर (प्रशितक यन्त्र)बाट निस्कने क्लोसेफलोरो कार्बन नामक रसायनबाट पनि जलवायु परिवर्तनलाई गम्भीर खतरा हुने गर्छ । सहरीकरणको परिणामस्वरूप उद्योगहरू मोटर गाडीहरू, एयर कन्डिसनर, रेफ्रिजेरेटर आदिबाट उत्सर्जित हुने कार्बनडाइअक्साइड, नाइटस अक्साइड, क्लोरोफलोरो कार्बन्स तथा ओजोनजस्ता हरित ग्यासहरू वैश्विक तपनका लागि उत्तरदायी मानिन्छन् ।

वैश्विक तपनको प्रमुख कारण हतिगृह प्रभाव हो । जसमा वातावारणमा मौजुदा केही ग्यासहरू पृथ्वीको सतहसँग ठोक्किएर फर्कने सूर्यका किरणलाई अघोषित गरिलिन्छन् जसले गर्दा पृथ्वीको तापमानमा वृद्धि हुन्छ । कार्बनडाइअक्साइड, क्लोरोफ्लोरो कार्बन्स, मिथेन, नाइट्रसअक्साइड तथा क्षेभमण्डलीय ओजोन ती प्रमुख ग्यास हुन जुन वैश्विक तपनका लागि जिम्मेवार मानिन्छन् ।

वातावरणमा मौजुदा केही ग्यास पृथ्वीको सतहसँग ठोक्किएर फर्कने सूर्यको किरणलाई अवशोषित गर्छन् जसले गर्दा पृथ्वीको तापमानमा वृद्धि हुन्छ

कार्बनडाइअक्साइड पर्यावरणमा ०.५ प्रति वर्षका दरले बढिराखेको छ जुन साधारणतया जीवास्म इन्धन कोइला, पेट्रोल, डिजेल आदि बाल्नाले उत्सर्जित हुने गर्छन् । वन विनास पनि यसको पर्यावरणमा बढोत्तरीको एउटा प्रमुख कारण मानिन्छ । सहरको विस्तारबाट वन विनासजस्ता समस्यालाई प्रोत्साहन मिलेको छ । वन कार्बनडाइअक्साइडको प्रमुख अवशोषक मानिन्छ । वनबिनाका कारण २० प्रतिशत कार्बनडाइअक्साइड पर्यावरणमा रहेको छ । कार्बनडाइअक्साइडले पृथ्वीको तापमानलाई ५० प्रतिशतसम्म बढाउँछ । एक अनुमानअनुसार १९औंैं शताब्दीको मध्यसम्म कार्बनडाइअक्साइडको पर्यावरणमा २५ प्रतिशतसम्म वृद्धि भएको छ जुन २०३० सम्म दुगुना हुन सक्छ । पूर्वऔद्योगिकीकरण कालको तुलनामा वायुमा कार्बनडाइअक्साइडको स्तर ३१ प्रतिशत बढेको छ । क्लोरोफ्लोरो कार्बन्स रसायनको उपयोग आमतौरले उत्प्रेरक, प्रशितक तथा ठोस प्लास्टिक पंखाका रूपमा हुन्छ । सीएफसी ११, सीएफीसी १२ क्लोरोफ्लोरो कार्बन्सको दुई प्रमुख रूप हुन जुन पर्यावरणमा ५ प्रतिशत प्रतिवर्षका बढिराखेको छ । यस समूहका रसायन पर्यावरणमा अत्यधिक स्थिर हुन्छन् । औद्योगीकरणका कारण २५ प्रतिशत क्लोरोफ्लोरो कार्बनको मात्रा पर्यावरणमा हुने गर्छ । सहरीकरणबाट प्रभावित उत्तरी अमेरिका तथा युरोप महाद्वीपका विकसित देशमा क्लोरोफ्लोरो कार्बन्स उत्सर्जनका लागि उत्तरदायी मानिन्छन् ।

नइट्रसमक्साइड पर्यावरणमा ०.३ प्रतिशतका दरले बढिराखेको छ । जीवास्म इन्धन पर्यावरणमा मौजुदा यस ग्यासको प्रमुख स्रोतमध्ये एक मानिन्छ । जीवास्म इन्धन नाइट्रसअक्साइडको २०–३० प्रतिशतसम्म पर्यावरणमा वृद्धिका लागि जिम्मेवार मानिन्छ । वैश्विक तपनमा यस ग्यासको ५ प्रतिशत योगदान छ ।

क्षोभमण्डलीय ओजन ग्यास पनि वैश्विक तपनका लागि जिम्मेवार मानिन्छ जुन ०.५ प्रतिशत प्रतिवर्षका दरले बढिराखेको छ । ओजोनको निर्माण आमतैरबाट सूर्यको प्रकाशको उपस्थितिमा नाइट्रसअक्साइड तथा हाइड्रोकार्बन्सको प्रतिक्रियास्वरूप हुने गर्छ । नाइट्रोजनअक्साइडको प्रमुख स्रोत जीवास्म इन्धन मानिन्छ । ओजोन ग्यासको वैश्विक तपनमा २ प्रतिशतको योगदान छ ।

वैश्विक तपनको कृषि क्षेत्रमा सम्भावित प्रभावः
वर्तमान वश्विक तपन दुनियाँको एक प्रमुख पर्यावरणीय समस्या हो किनकि तापमानमा वृद्धिले दुनियाँको जवलवायुमा अभूतपूर्व परिवर्तन हुनेछ जसको प्रभाव कृषिक्षेत्रमा पनि पर्नेछ । वैज्ञानिकका अनुसार यस शताब्दीको अन्त्यसम्म वैश्विक तापमानमा १.४ देखि ४.८ डिग्री सेल्सियससम्म वृद्धिको सम्भावना छ । पछिल्लो ५० वर्षको तापमान तथ्यांकको विश्लेषणबाट यो ज्ञात हुन्छ कि भारतीय उपमहाद्वीपमा शीतऋतुमा ०.७ डिग्री सेल्सियस तथा गृष्मऋतुमा १.४ डिग्री सेल्सियससम्म तापमानमा वृद्धि भएको छ ।

नेपाल एउटा उष्णकटि बन्धीय, उपोष्णकटि बन्धीय शीतोष्ण तथा समशीतोष्ण देशको । जहाँको जलवायु पहिलेदेखि नै उष्ण छ यस्तोमा तापमानमा वृद्धिले हाम्रो समतल तराई मधेसको जलवायु अझ उष्ण हुनेछ जसको कृषिक्षेत्रमा ऋणात्मकको साथसाथै धनात्मक प्रभाव पर्नेछ ।

तापमानका कारण वाष्पीकरण तथा वाष्योत्सर्जनको दरमा वृद्धि हुनेछ परिणामस्वरूप माटोमा पानीका साथै जलाशयमा पानीको कमी हुनेछ

तापक्रम वृद्धिका कारण प्रकाश संश्लेषण गर्ने बालीनाली जस्तै उखु, ज्जार तथा बाजुराको उत्पादनको दरमा वृद्धि हुनेछ जबकि यसविपरीत ऋद्ध प्रकारको प्रकाश संश्लेषण गर्ने किसिमका बालीनाली जस्तै ः गहुँ, धान, जौ तथा आलुको उत्पादनमा कमी आउनेछ । तापमानमा वृद्धिका कारण दालजन्य बालीनालीमा नाइट्रोजन स्थिरीकरणको दरमा वृद्धिका कारण यी बालीनाली जस्तैः अरहर, केराउ, चना, उडद, मसुरो, भटमास, बदामको उत्पादनमा वृद्धि हुनेछ । यसको विपरित तेलजन्य बालीनाली जस्तै सस्र्याैं, सूर्यमुखी, आलस, कुसुमको उत्पादनमा गरावट हुनेछ । बालीनालीलाई क्षति पु¥याउने खालका किराफट्यांग्राको संख्यामा हुने वृद्धिको परिणामस्वरूप कपासजस्ता बालीनालीको उत्पादनमा अभूतपूर्व ह्रास हुनेछ । साथै अन्य बालीनालीमा पनि प्रभावित हुनेछन् जसका कारण कीटनाशकको उपयोग दरमा व्यापक वृद्धि हुनेछ । यसपालि नेपालमा मकैमा व्यापक देखिएको अमेरिकी फौजी कीराको आक्रमण यसै सन्दर्भमा लिन सकिन्छ ।

वातावरणमा कार्बनडाइअक्साइडको वृद्धिका कारण बालीनालीमा कार्बन स्थिरीकरणको दरमा बढोत्तरी हुनेछ जसबाट माटोबाट अधिक पोषकको अवशोषण हुनेछ परिणामस्वरूप माटोको उर्वरा शक्तिमाथि विपरीत प्रभाव पर्नेछ । माटोको उर्वरा शक्ति बढाइराख्नका लागि रसायनिक उर्वरकको उपयोगको दरमा वृद्धि हुनेछ । तापमानमा वृद्धिका कारण माटोमा कार्बनिक पदार्थको विघटनको दरमा तेजी आउनेछ जसको पणिमस्वरूप पोषक चक्रको दर प्रभावित हुनेछ । जसले गर्दा उर्वरा शक्ति अव्यवस्थित हुनेछ । तपनको फलस्वरूप पोस्सी, साइप्रेसी, फैबेसी, युर्फोवियेसी, एवं अमरेन्थेसी कुलसँग सम्बन्धित झारपातको संख्यामा वृद्धि हुनेछ । जसका कारण बालीनालीको उत्पादनविपरीत प्रभाव पर्नेछ । बालीनाली रक्षाका लागि झारपात नाशक माथि निर्भरतामा वृद्धि हुनेछ ।

तपनले गर्दा ध्रुवीय हिमनदी पग्लिनाको कारणले समुन्द्री जलस्तरमा वृद्धि हुनेछ परिणामस्वरूप तटीयक्षेत्र जलमग्नता तथा लवणताको सिकार हुनेछन् जसले गर्दा यी क्षेत्र बेकार भूमि वास्टल्यान्डमा परिवर्तित हुनेछन् । यसले गर्दा कृषियोग्य भूमिको क्षेत्रफलमा गिरावटका कारण खाद्यान्न उत्पादनमा कमी आउनेछ । तपनका कारण वाष्पीकरण तथा वाष्योत्सर्जनको दरमा वृद्धि हुनेछ परिणामस्वरूप माटोमा पानीका साथै जलाशयमा पानीको कमी हुनेछ जसले गर्दा बालीनालीलाई प्रर्याप्त पानी उपलब्ध नहुनाको कारण तीनको उत्पादनमा प्रभावित हुनेछ । वैश्विक तपनको सर्वाधिक प्रभाव धानजस्ता बालीनालीमा पर्नेछ जसको उत्पादन पानीको उपलब्धतामा निर्भर हुन्छन् । यसको अतिरिक्त पानीको कमीका कारण माछा उत्पादनमा कमी आउनेछ । वैश्विक तपनका कारण देशमा बालीनाली पद्धतिलाई पनि व्यापक रूपले प्रभावित गर्नेछ । ताप वृद्धिले आँपको उत्पादनमा वृद्धि हुनेछ भने स्याउको उत्पादनमा ह्रास हुनेछ ।

वैश्विक तपनले कृषिक्षेत्रमा व्यापक प्रभाव पार्नेछ । एकातिर जहाँ उखु, ज्वाट, बाजरा, अरहर, भटमास, बदामजस्ता बालीनालीको उत्पादनमा वृद्धि हुनेछ त्यही अर्कोतिर गहुँ तथा धानजस्ता मुख्य बालीनालीहरूको उत्पादनमा गिरावटका कारण भुखमरी तथा कुपोषणजस्ता समस्या उत्पन्न हुनेछ । यसबाहेक कीटनाशक, झारपातनाशक तथा रसायनिक उर्वरकमाथि निर्भरतामा वृद्धि हुनेछ जसको फलस्वरूप पर्यावरण प्रदूषित हुनेछ तथा किसानहरूको आर्थिक स्थितिमा गिरावट हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
सर्लाहीमा ६ हजार १ सय १ जनाको उम्मेदवारी दर्ता