सर्वोच्चका न्यायाधीशहरुको इजलास बसेन

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूले सोमबार बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ गरेको भए पनि मंगलबार भने इजलासमा बसेका छैनन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायालयको नेतृत्व गर्न असक्षम भएको र न्यायिक सुधारमा बाधक बनेको भन्दै राजीनामाको माग गरेका न्यायाधीशहरू मंगलबार इजलासमा नगएका हुन्।

प्रधानन्यायाधीश जबराले १० न्यायाधीशको ६ वटा इजलास तोकेका थिए। उनले आफूलाई कुनै इजलास तोकेका थिएनन् भने ६ वटा इजलासमा पनि बन्दीप्रत्यक्षीकरणको मुद्दा मात्रै तोकेका थिए। सर्वोच्च अदालतको इजलाससम्बन्धी विवरण रहने वेबपेजमा इजलासहरू नबसेको जानकारी गराएको छ ।

प्रधानन्यायाधीश जबराले सम्मानजनक बहिर्गमनका लागि आफू तयार रहेको प्रस्ताव पठाएपछि त्यसका लागि विश्वासको वातावरण बनाउन भन्दै न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई उनको इजलास नतोक्न तथा बाँकीलाई बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र तोक्न भनेका थिए।

सोमबार साँझ न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मासँगको छलफलमा जबराले बहिर्गमनको मार्गचित्र बताएका थिए। त्यसपछि तीन न्यायाधीशले मंगलबार बिहान ११ बजे बाँकी न्यायाधीशहरूलाई बताउने र उक्त छलफलबाट सामूहिक निर्णय गर्ने भनिएको थियो।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेलधुराको परशुराम नगरपालिका प्रमुखमा काँग्रेसका जोशी र उपप्रमुखमा माओवादीका महता निर्वाचित