निर्माण व्यवसायमैत्री ऐन जारी नभए महासंघ संघर्षमा उत्रने

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अब निर्माण व्यवसायीमैत्री ऐन नियम जारी नभए महासंघ संघर्षमा उत्रने बताएका छन । महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिको १०औं साधारण भेलालाई राजधानीमा सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष सिंहले यस्तो बताएका हुन् ।

व्यवसायीमैत्री ऐन नियमको अभावमा निर्माण उद्योगमा धेरै चुनौती थपिएको बताउँदै उनले सार्वजनिक खरिद ऐन संशोधनको अन्तिम प्रक्रियमा रहेको अवस्थामा त्यसलाई पूर्ण व्यवसायीमैत्री बनाउन महासंघ नेतृत्वले इमानदार प्रयास गरिरहेको दाबी गरे ।

महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष रमेश शर्माले निर्माण उद्योगलाई मर्यादित तथा व्यवस्थित बनाउन सबैको इमानदार प्रयास आवश्यक भएको धारणा राखे । लो बिडिङका कारण निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै उनले नीतिगत रूपमै लो बिडिङ अन्त्य हुनुपर्ने बताए ।

महासंघका अर्का सल्लाहकार तथा पूर्वअध्यक्ष सुकुन्तलाल हिराचनले निर्माण उद्योगमा धेरै चुनौती देखिएको अहिलेको अवस्थामा पेसागत हक हितका लागि सबै एक हुनुपर्नेमा जोड दिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले विभिन्न समस्यासँग जुध्दै भए पनि नेपालका निर्माण व्यवसायीहरूले उत्कृष्ट काम गरिरहेको बताए । महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिका संयोजकसमेत रहेका महासंघका उपाध्यक्ष आङदोर्जी लामा (एडी) ले महासंघको विकास विस्तारमा एसोसिएट सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।

महासंघका महासचिव रोशन दाहालले एसोसिएट सदस्यहरू महासंघको ‘मुटु’ भएको बताए । एसोसिएट सहसंयोजक रामजी पन्त ‘मुकेश’ले व्यावसायिक एकता आजको आवश्यकता भएको धारणा राखे । जिल्ला निर्माण व्यवसायी संघ काभ्रेका अध्यक्ष उपेन्द्र घिसिङ, महासंघका पूर्वसल्लाहकार अमरबहादुर श्रेष्ठ सम्मान पायर आफूलाई निकै खुसी लागेको महासंघका संस्थापक सदस्य आईपी प्रधानलगायतले निर्माण व्यवसायीले भोग्नुपरेका विविध समस्या’bout जानकारी गराएका थिए ।

भेलामा एसोसिएट सचिव नवराज श्रेष्ठ तथा कोषाध्यक्ष शिव भट्टराईले आआफ्नो वार्षिक प्रतिवेदन पेस गरेका थिए । सो कार्यक्रममा नेपालको निर्माण उद्योगमा विशिष्ट योगदान दिने अग्रज एसोसिएट सदस्य निर्माण व्यवसायीलाई सम्मान गरिएको थियो । सोही भेलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं कार्यन्वयन समितिका अध्यक्ष इन्जिनियर केशवकुमार शर्माले बोलपत्रमा लोबिड तथा बिमाविज्ञ इन्जिनियर जगन्नाथ गौतमले निर्माण उद्योगमा बिमाका सम्बन्धमा आफ्नो प्रस्तुति राखेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी