सांगितिक महोत्सवमा भागदौड मच्चिदा ८ जनाको मृत्यु

टेक्सास । अमेरिकाको टेक्ससमा एउटा सांगितिक महोत्सवमा भागाभाग मच्चिदा कम्तीमा ८ जना मानिसको मृत्यु भएको । ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भागदौड हुँदा दर्जनौं घाईते भएका छन् । भागदौडपछि ढलेका ११ जनामध्ये आठ जनाको ह्दयघातबाट मृत्यु भएको थियो । भिडले मञ्चको एउटा भागलाई थिचेपछि मानिसहरु अत्तालिएका थिए ।

भिड बढिरहेका बेला र्‍यापर ट्राभिस स्कट आफ्नो प्रस्तुति दिइरहेका थिए । ७५ मिनेट लामो प्रस्तुति अवधिमा उनी धेरै पटक रोकिएका थिए। दर्शकहरूबीच तनाव बढेपछि बीचमा रोकिएका थिए । उनले भिड नियन्त्रण गर्न स्टेजबाट पटक पटक सुरक्षाकर्मीलाई आग्रह गरेका थिए । महोत्सवमा करिव ५० हजारको सहभागिता थियो ।

मानिसहरू घाइते भएको देखिएपछि आयोजकले कार्यक्रम बन्द भएको थियो । एस्ट्रोवर्ल्ड फेस्टिभल सन् २०१८ देखि हरेक वर्ष आयोजना हुन्छ । कोभिडका कारण गत वर्षको महोत्सव स्थगित भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 404 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विजयनगर गाउपालिका बन्यो एमालेको लालकिल्ला