सेमिफाइनल खेल्नुअघि इंग्ल्यान्डलाई झड्का

सारजाह । उपाधिको दाबेदार इंग्ल्यान्डलाई आईसीसी टी–२० विश्वकप २०२१ मा सेमिफइनल खेल्नुअघि ठूलो झड्का लागेको छ । इंग्ल्यान्डका ओपनर जेसन रोयले टी–२० विश्वकप २०२१ को बाँकी खेल गुमाउने इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । रोय सुपर १२ को समूह १ मा दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्नेक्रममा खुट्टाको मांशपेशी समस्याका कारण पेभेलिएन फर्केका थिए ।

यस विश्वकपमा रोयले ५ खेलमा १ सय २३ रन बनाएका थिए । बंगलादेशलाई ८ विकेटले हराउन रोयले ३८ बलमा ६१ रनको इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए । रोयको स्थानमा इंग्ल्यान्डले जेम्स भिन्सलाई मौका दिएको छ । ३० वर्षीय भिन्सले इंग्ल्यान्डबाट १२ टी–२० आई, १३ टेस्ट र १९ ओडीआई खेल खेलेका छन् । २ सय ६७ टी–२० खेलमा भिन्सले २ शतक र ४४ अर्धशतकसहित ७ हजार १ सय ४६ रन बनाएका छन् ।

रोय आउट हुँदा इंग्ल्यान्डको ओपनिङ जस बटलर र जोनी बेयरस्टोले गर्ने छन् । बेयरस्टोले मध्यक्रममा ब्याटिङ गर्दै आएका थिए । मध्यक्रममा इंग्ल्यान्डले साम बिलिंग्सलाई मौका दिने सम्भावना छ । मध्यक्रममा केही असर पर्नसक्छ । चोटका कारण टी–२० विश्वकप गुमाउने रोय इंग्ल्यान्डका तेस्रो खेलाडी हुन् । यसअघि तीव्र गतिका बलर टाइमल मिल्सको स्थानमा रोस टोपलीले लिइसकेका छन् । प्रतियोगिता सुरु हुनुअघि नै अलराउन्डर साम करन घाइते हुँदा उनका दाइ टम करनले स्थान लिएका थिए ।

इंग्ल्यान्ड सुपर १२ को समूह १ मा ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंक जोड्दै नेटरनरेटको आधारमा शीर्षस्थानमा रहेर सेमिफाइनल खेलेको हो । सेमिफाइनलमा बुधबार इंग्ल्यान्डले न्युजिल्यान्डसँग खेल्ने छ । समूह २ को विजेता पाकिस्तानले बिहीबार अस्ट्रेलियासँग दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल आइतबार हुने छ ।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तहको निर्वाचनमा दलको चुनावी घोषणापत्र