पर्यटन मन्त्रीले गरे बोर्डका सीईओ रेग्मीसँग सोधपुछ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीसँग गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटना’bout सोधपुछ गरेका छन् ।

मन्त्री आलेले सोमबार रेग्मीलाई मन्त्रालयको कार्यकक्षमै बोलाएर विमानस्थलमा भएको घटनाको विषयमा सोधपुछ गरेका हुन् । गत शनिबार लन्डनबाट नेपाल फर्कने क्रममा रेग्मीले विमानस्थल भन्सार कार्यालयका कर्मचारीलाई हातपात गरेको आरोप लागेको छ । सो घटनापछि रेग्मीलाई विमानस्थल भन्सार कार्यालयले ५ हजार रुपैयाँ जरिवाना तिराएर छाडेको थियो ।

विमानस्थल भन्सार कार्यालयका कर्मचारीले बोर्डका सीईओ रेग्मीको लगेजमा रहेको ६ बोत्तल मदिरा कसको हो भनेर प्रश्न गर्दा उल्टै उनीबाट ‘हात हालाहाल’ भएको विमानस्थल कर्मचारीले दाबी गरेका छन् ।

बोर्डका सीईओ रेग्मीले पनि आफूले पर्यटनमन्त्री आले र सचिव यादवप्रसाद कोइरालालाई शनिबार लन्डनबाट फर्कने क्रममा भएको घटनाको सत्यतथ्य जानकारी गराएको स्वीकार गरे । उनले अहिले मिडियामा आएको हल्ला सबै सत्य नभएको बताएका छन् । विमास्थलमा रहेको भन्सारका कर्मचारीले आफूमाथि अभद्र व्यवहार गरेपछि धकेलाधेकेल भएको उनको दाबी छ । सोही विषयलाई लिएर पर्यटन बोर्डले सोमबार विज्ञप्ति जारी गर्दै विमानस्थलको कर्मचारीले गरेको अभद्र व्यवहार र ढिलासुस्तीलाई लिएर सामान्य भनाभन मात्र भएको विषयलाई लिएर अहिले यस्तो हंगामा गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

अन्तर्राष्ट्रिय ट्राभल मार्टमा सहभागी भई लन्डनबाट फर्किने क्रममा विमानस्थलको यात्रु जाँचपासमा खटिएका कर्मचारीमाथि हातपात भएपछि बोर्डका सीईओ रेग्मीलाई तत्काल भन्सार अधिकृतले नियन्त्रणमा लिएका थिए । त्यसपछि लगत्तै विमानस्थल भन्सारका प्रमुख महेश भट्टराईले सो विषयको जानकारी भन्सार विभागका महानिर्देशक नारायण सापकोटालाई पनि गराएका थिए । त्यसपछि सापकोटाले विमानस्थलभित्र गलत क्रियाकलापमा संलग्न जोसुकै भीआईपी भए पनि नियमअनुसार कारबाही गर्न निर्देशन दिएको विमानस्थल कार्यालय स्रोतले जनाएको छ ।

भन्सार ऐन २०६४ मा विदेशबाट फर्किने हवाई यात्रुले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउने व्यवस्था छ । तर, बोर्डका सीईओ रेग्मीले ६ बोतल मदिरा ल्याएपछि उनको साथमा रहेको मदिरा जफत गरिएको विमानस्थल भन्सार स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी