छठ मनाउन मामाघर आएका दाजु भाई पौडी खेल्दा डुबे, दाजुकाे शव भेटियाे भाइ बेपत्ता

विराटनगर । मोरङमा छठ पर्व मनाउन मामा घरमा आएका दुई जना युवालाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । रंगेली नगरपालिका-७ बक्राह खोलामा नुहाउन गएका दुई जना मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका-६ भन्सार टोलका सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय बिटुकुमार साह र १८ वर्षीय राजा साह बक्राह खोलाको पानीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

प्रहरी र स्थानीयले बिटुकुमारलाई उद्धार गरी उपचारका लागि रंगेली अस्पताल लगेका थिए । अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए ।

बेपत्ता अर्का युवाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनीहरू दाजुभाइ रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रदेश २ काे नाम र राजधानी टुंग्याउन मतदानकाे तयारी

कुरी-कुरी