काठमाडौं । आगामी शुक्रबारदेखि एफम्यान फुटवेयर बिजनेस एक्स्पो हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको आयोजनामा फुटवेयर एक्सपो हुन लागेको हो ।
आयोजक समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ सो मेला आगामी १३ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।
हरेक वर्ष सञ्चालन हुँदै आएको यस एकस्पो विगत दुई वर्षदेखि कोरोना महामारीका कारण सञ्चालन हुन सकेको थिएन । एक्स्पोमा ३० वटा कम्पनीका ६० वटा स्टल रहने एसोसिएसनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 290 times, 1 visits today)