बार आन्दोलन उत्कर्षतर्फ

काठमाडौं । नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज शुक्रबार सर्वोच्च अदालत परिसर प्रवेश गर्न रोक्ने निर्णय गरेको छ । बिहीबार सर्वोच्च परिसरमा विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोशित बनेका कानुन व्यवसायीले शुक्रबार बिहान ९ः३० बजे नै भेला भएर आन्दोलन गर्न लागेको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै १९ दिनदेखि न्यायिक वृत्त आन्दोलित छ । आन्दोलनकै कारण सयौं मुद्दा सुनुवाइ प्रभावित बनेको छ ।

सर्वोच्च परिसरमा प्रधानन्यायाधीशविरुद्ध दैनिक हुँदै आएको बिहीबार विरोध सभा झडपको स्थितिमा पुगेपछि कानुन व्यवसायी थप सशक्त आन्दोलनमा उत्रिन लागेका हुन् । बिहीबार नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले विज्ञप्ति जारी गर्दै सबै कानुन व्यवसायीलाई बिहान ९ः३० बजे नेपाल बार एसोसिएसमा उपस्थित हुन निर्देशन दिएका छन् ।

बारले भनेको छ, ‘आफ्नै अदालत र कानुन व्यवसायीबाट मात्र नभएर आमनागरिकबाटै बहिष्कृत प्रधान न्यायाधीशको विरोधमा नेपाल बार एसोसिएसन र आबद्ध सम्पूर्ण एकाइहरूले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने बेहोरा जानकारी गराउँदै भोलि मिति २०७८÷७÷२६ गतेका दिन सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने, बेन्च बहिष्कार गर्ने र माननीय न्यायाधीशज्यूहरूलाई समेत प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न र भोलि मिति २०७८÷७÷२६ गते बिहान ९ः३० बजे नै सम्पूर्ण कानुन व्यवसायीलाई नेबोलाएमा उपस्थित हुनसमेत अपिल गर्छौं ।’

१४ कात्तिकदेखि नेपाल बार एसोसिएसनले प्रधानन्याधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा दैनिक १ घण्टा धर्ना दिइरहेको छ । बिहीबार साढे १० बजे पाखुरामा कालोपट्टी बाँधेर ‘प्रधानन्यायाधीश राजीनामा देऊ’ लेखिएको कालो ब्यानर बोकेर सर्वोच्च बारको आँगनमा विरोध सभा गर्दा प्रहरीले रोकेको थियो । प्रहरीले विरोध सभा रोक्न खोजेपछि कानुन व्यवसायी र प्रहरीबीच झडपको स्थिति बनेको हो ।

आक्रोशित कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सीमा नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेलसहित पाँच जना कानुन व्यवसायी सामान्य घाइते भएका थिए । घम्साघम्सीबीच कानुन व्यवसायीले प्रधानन्यायाधीशको राजीनामा माग्दै नाराबाजी गरेका थिए । प्रधानन्यायाधीशलाई सम्माननीय भनिरहेका कानुन व्यवसायीले बिहीबार आक्रोशित हुँदै अब प्रधानन्यायाधीशलाई सम्माननीय नभन्ने घोषणा गरे । सम्माननीय पदलाई प्रधानन्यायाधीशले बदनाम बनाएको भन्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रहरी खटाएर आन्दोलन कमजोर बनाउने दुस्साहस नगर्न चेतावनी दिए ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणा ‘देशद्रोही’ रहेको आरोप लगाए । प्रहरीको बल प्रयोगप्रति आपत्ति जनाउँदै श्रेष्ठले भनेका छन्, ‘हामीले शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला तपाईंहरूले हस्तक्षेप गर्नुभयो । देशद्रोही भाग्दै छ, देशद्रोही भाग्दै छ, तपाईंहरू हामीलाई धरपकड गर्नुस् ।’

‘हिजो निरंकुश राजा त हटायौं । साढे दुई वर्ष हामी बिचौलियाबाट ग्रसित भयौं, भ्रष्टाचारमा लिप्त हुँदा पनि हामी मौन बस्यौं,’ श्रेष्ठले थपे ‘रञ्जन कोइरालाको फैसलामा नागरिकले आन्दोलन गर्दा हामीले जबरा सुध्रेलान् भन्ने ठानेर आन्दोलन नगर्न भनेका थियौं । तर, अब हामी नै हटाउँछौं चोलेन्द्रलाई ।’

श्रेष्ठपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले नारा लगाए, ‘बिचौलियाको नाइके राजीनामा दे †’ ‘सर्वोच्च अदालत छोडेर जा †’

प्रधानन्यायाधीश राणाले हेरे ६ वटा मुद्दा
सर्वोच्च अदालतमा बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ६ वटा मुद्दाको सुनुवाइ गरेका छन् । खाजा समय अगाडि ६ वटा मुद्दा सुनुवाइ गरेर बाहिरिएका थिए । प्रधानन्यायाधीश राणाले ६ वटा संयुक्त र तीनवटा एकल गरी नौवटा इजलास गठन गरेका थिए ।

सर्वोच्चमा उपस्थित अन्य न्यायाधीशले भने बन्दी प्रत्यक्षीकरणसम्बन्धी आठवटा मुद्दा हेरेका थिए । प्रधानन्यायाधीश राणाले बिहीबारका लागि १ सय ७७ वटा मुद्दा सुनुवाइका लागि तोकेका थिए । न्यायाधीशहरू अदालत सुरु हुनेबित्तिकै छलफलमा जुटेपछि बिहीबार पनि सयौं मुद्दा प्रभावित बन्न पुग्यो । प्रधानन्यायाधीशको राजीनामा एक सुत्रिए माग राखेर भद्र आन्दोलनमा रहेका न्यायाधीशले इजलास बहिष्कार गरेको १९ दिन पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 255 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा तीन वटा वडाको मत परिणाम सार्वजनिक, कांग्रेस दुई तमलोपा एक स्थानमा विजयी