सरकार निकट विद्यार्थी संगठन नै सरकारको विरोधमा

काठमाडौं । विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको मूल्य फिर्ता नलिए चर्काे आन्दोलन गर्नेे सरकारलाई चेतावनीसमेत दिएका छन् ।

सत्तारूढ दल निकटसहित ६ विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गर्दै इन्धनमा वृद्धि गरेको मुल्य फिर्ता नलिए शुक्रबारदेखि आन्दोलन गर्ने चेतावनी दिएका हुन् । विद्यार्थी संगठनले आफ्ना मागसहित बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई ज्ञापन पत्रसमेत बुझाएका छन् ।

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, नेकपा (एस) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, जसपा निकट समाजवादी विद्यार्थी संघका अध्यक्ष रूपनारायण श्रेष्ठसहित ६ विद्यार्थी संगठनले ज्ञापन पत्र बुझाएका हुन् ।

यसैगरी सरकारले बिहीबार १२ रातिदेखि लागू हुनेगरी बढाएको मूल्यवृद्धिको निर्णय फिर्ता नलिए शुक्रबार बिहान ९–११ बजे आयल निगमका महाप्रबन्धकलगायत कर्मचारीलाई कार्यालय प्रवेश निषेध तथा घेराउ विद्यार्थी संगठनले चेतावनी दिएको छ । यसैगरी, २८ गते दिउँसो २ बजे प्रदर्शनी मार्गमा खाली सिलिन्डर प्रदर्शन गर्ने, ३० देशभर आयल निगमको कार्यालयमा कालो ब्यानर राखी विरोध गर्ने र २ मंसिर २ बजे माइतीघर मण्डलामा सडक बहस गर्ने ती संगठनहरूले जनाएका छन् ।

एमाले विद्यार्थीले ग-यो प्रधानमन्त्रीको पुत्ला दहन

पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको १२ दिनमै नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलमा तीन÷तीन रुपैयाँ वृद्धि गरेको थियो । यसैगरी, हवाई इन्धनमा ५ रुपैयाँ र एलपी ग्याँसमा ७५ रुपैयाँ मूल्यवृद्धि गरी जनताको आधारभूत आवश्यकताप्रति गैरजिम्मेवार बनेको तथ्यप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,’ संयुक्त ज्ञापन पत्रमा भनिएको छ,’ मूल्य समायोजन भन्ने बाहनामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाई आयल निगमलगायतका सरकारी निकायले चुहावट नियन्त्रण नगरी जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रूपमा गाँसिएका वस्तुहरूमा मूल्यवृद्धि गर्दै आफ्ना निकाय र भ्रष्ट कर्मचारीको मनोमानीलाई लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी पटक–पटक मूल्यवृद्धि गर्ने कदमप्रति संयुक्त विद्यार्थी संगठन खेद व्यक्त गर्न चाहन्छ ।’

यसैबीच सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) बाहिर विद्यार्थीहरूले प्रदर्शन गर्दै प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् । नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौंलगायतका नारा लेखेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

हत्या भएको ६ महिनापछि शव भेटियो

कुरी-कुरी