नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेकपा एमालेले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। आज (शुक्रबार) ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले सो लोगो सार्वजनिक गरेका हुन्।

त्यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत् पार्टीका हरेक सदस्यलाई कम्तीमा पनि सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान गर्ने सिस्टम’bout जानकारी गराएका थिए । एमालेको सो राष्ट्रिय महाधिवेशन यही मङ्सिर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ। महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरु सहभागी हुनेछन्। त्यसका लागि भोलि (शनिबार) देशभर प्रतिनिधि चयन हुँदै छ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कम्युनिस्ट र मधेसवादी दल विभाजनको फाइदा कांग्रेसलाई