सत्ताको घमण्डकै कारण केही शक्ति बाहिर आए : अध्यक्ष नेपाल

सुनसरी । सत्तामा पुगेपछि सबैभन्दा मै ठूलो, मैले भनेको सबैले मान्नु भर्छ भन्ने दम्भीय प्रवृत्तिबाट केही शक्ति बाहिर आएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । आज सुनसरीको चतरामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले अरूलाई अपमान गर्ने, शक्तिमा बसेर अरूलाई फरक नजरले हेर्ने प्रवृत्तिले निरङ्कुश शक्तिको हाबी हुने बताए । 

नेकपा एमाले अध्यक्ष केपी ओली लक्षित गर्दै दम्भ घण्मडकै कारण केही शक्ति सत्ताबाट बाहिर आएको समेत उनको भनाई थियो । म ठूलो मान्छे भए, मलाई कसैले केही गर्न सक्दैनन् भन्ने घमण्ड आजैबाट हटाउनु पर्छ । उनले भने, ‘यो संसारमा राम्रो बाटो हिँड्ने पनि छन्, नराम्रो तिर पनि हिँड्ने छन् । सताउने पनि छन् र तर आफू कस्तो बन्ने भन्ने ’bout चनाखो रहनु पर्छ।’

अध्यक्ष नेपालले चतरा धाम विश्व स्तरमा चिनाउन आफू प्रधानमन्त्री भएका बेला उल्लेखनीय काम गरेको बताए । मन्दिरले भरिएको देश नेपालमा विश्वका हिन्दु धर्मावलम्बीलाई दर्शन गर्ने भावना जगाउन चतराधामले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 

आफू प्रधानमन्त्री भएकाे बेला धार्मिक सङ्ग्रहालय बनाउने कामअघि बढाएको तर सरकार फेरिएकाले अघि बढ्न नसकेको बताए । अहिलेको सरकारको संस्कृति तथा नागरिक उड्डयन मन्त्री आफ्नै नेता भएकाले नेपालको कुनै एक स्थानमा धार्मिक सङ्ग्रहालय बन्ने आश्वासनसमेत बाडे ।

तपाइको प्रतिक्रिया
(Visited 270 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित