सुनको कोटा दैनिक ३० किलो बनाउन व्यवसायीको माग

काठमाडौं । गोल्ड बैंकमार्फत सुनको आयात गर्न र नाका नाकाबाट सहज वितरणको व्यवस्था मिलाउन राष्ट्र बैंकको ध्यानाकर्षण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गर्दै ध्यानाकर्षण गरेको हो । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधिमण्डलले हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्काल आपूर्ति ब्यवस्था बढाउन राष्ट्र बैंकसँग आग्रह गरेको हो ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलसमक्ष मुलुकभर रहेका सुनचाँदी व्यवसायीको संख्या, यो व्यवसायमार्फत प्राप्त रोजगारी, राज्यलाई प्राप्त राजस्वलगायतका विषय समेटिएको प्रतिवेदन बुझाउँदै महासंघले हाल हुँदै आएको दैनिक २० किलो सुन अपर्याप्त भएको जनाएको हो ।

त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले हाल विभिन्न वाणिज्य बैंकमार्फत सुनको आपूर्ति हुँदा आएकोमा त्यसलाई व्यवस्थित र प्रभावकारी वनाउन गोल्ड बैंकमार्फत आपूर्ति गर्ने व्यवस्था मिलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । यस्तै विभिन्न नाकावाट सुनको वितरण गर्नुपर्ने नीतिगत व्यवस्था भए पनि हालसम्म सुनको वितरण काठमाडौं केन्द्रित रहेकोले त्यसलाई विकेन्द्रित गर्दै सहज रूपमा तोकिएका नाकावाट व्यवसायीले कच्चा सुन पाउने व्यवस्था मिलाउनुपर्ने खाँचो औंल्याए ।

व्यवसायीसँगको भेटका क्रममा कार्यकारी निर्देशन पौडेलले व्यवसायीका तर्फबाट बुझाइएको प्रतिवेदन ग्रहण गर्नुहुँदै व्यवसायीका मागलाई सम्बोधन गर्न आवश्यक पहल गर्ने आश्वासन दिए । भेटमा महासंघका तर्फवाट वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, प्रथम उपाध्यक्ष मोहन काजी शाक्य, कोषाध्यक्ष सुदीप श्रेष्ठलगायतको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जानकी गाउँपालिकाको अध्यक्षमा पूर्व पत्रकार चौधरी विजयी