बेमौसमी बर्षाले बेच्न ठिक्क पारेको बन्दा बारीमै कुहायो


बैतडी । बैतडीमा व्यवसायीक तरकारी खेतिमा आवद्ध किसानहरुले बजारभाउ नपाउदा बिक्रि गर्नका लागि तयार भएको तरकारी खेतमै कुहिएको छ । अहिले जिल्लाका अधिकांस ठाउँका किसानहरुले उत्पादन गरेको बन्दागोपि खेतमै कुहिएको छ ।

कार्तिक महिनाको सुरुवातमा परेको अबिरल बर्षाले खेतमा लगाएको तरकारीमा नोक्सान पु¥याएको हो । बर्षाबाट जोगिएको तरकारीले समेत बजार भाउ नपाएकाले बन्दाकोपी खेतमै कुहिएको सुर्नया ६ का दामोदर अवस्थीले बताए । उनले भन े‘विगतमा मकैबाली लगाउदै आएको खेतमा आधुनिक कृषी गर्ने सोचले बन्दा लगाएको थिँए । तर बजार नपाउदा गाई बस्तुलाई खुवाउनु परेको छ ।’ तीन महिना सम्म गरेको परिश्रम र व्यवसायमा गरेको १० हजार रकम लगानी खेर गएको उनले बताए । ‘यो खेतमा मकै लगाएको भए एक बर्षलाई खान पुग्ने थियो । तर बन्द लगाउदा उल्टो घाटा भयो ।’ उनले भने ।

जिल्लाको दशरथचन्द नगरपालिकाका विभिन्न ठाउँहरुमा लगाएको बन्दा कुहिदा किसानहरुलाई समस्या भएको छ । आफ्नो बारीमा बेच्न ठिक्क परेको ५० कुइन्टल बन्दा कुहिएर नष्ट भएको दशरथचन्द नगरपालिका १ मरतोलाका किसान पुर्णानन्द भट्टले बताए । उनले भने ‘खेतमा लगाएको बन्दा ५प्रतिशत पनि बचाउन सकिन ।’ अहिले बन्दा कुहिएर उनको खेत पुरै गन्हाएको छ । मेरो मात्रै नभई हाम्रो गाउभरी करिव ५० बढी किसानको सबै बन्दा कुहिएको छ ।’ उनले भने । गतबर्ष ४० देखी ६० रुपँया प्रति के.जी.मा बिक्रि भएको बन्दा यसपाली १०रुपया के.जी.मा समेत बेच्न मुस्किल भएको उनले बताए ।

कात्तिक महिनाको सुरुवातमा भएको अविरल बर्षापछि किसानको खेतमा लगाएको बन्दा, टमाटर, भण्टा लगायतको तरकारी कुहिएको किसानले बताएका छन् । दशरथचन्द नगरपालिका १ का केशवराज भट्टले भने ‘ चाहिएको बेला पानी पर्दैन नचाहिएको बेला परेको पानीले बाली सखाप पारिदियो ।’

कृषि ज्ञान केन्द्र बैतडीले भने किसानकै कमजोरिका कारण तरकारी कुहिएको दावी गरेको छ । कृषी सम्बन्धि कुन ैपनि ज्ञान नलिइ देखासिकिको भरमा मात्रै बन्दा उत्पादन गर्न खोज्दा उचित व्यवस्थापनको कमजोरीले बन्दा खेतमै कुहिएको कृषि अधिकृत गोपाल दत्त भट्टले बताए । ‘ठाउँ ठाउँमा संकलन केन्द्र रहेका छन् । कृषकहरुले संकलन केन्द्र सम्म पनि समन्वय गर्न सकेनन् । त्यसैका कारण यो अवस्था आएको हो ।’ उनले भने ।

बैतडीमा ३१ हजार चार सय पचासी हेक्टर जमिन तरकारि खेति गर्न योग्य भएको र अहिले पच्चिस हजार सात सय हेक्टर जमिनमा तरकारी खेति रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस बर्ष जिल्ला भरि ९३ हेक्टर जमिनमा बन्दा खेति गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 316 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचन: चार गुणा बढी उम्मेदवारी