प्रधानन्यायाधीशकाे समर्थनमा आमरण अनसन बस्न खोज्ने तारा बरालको समूह पक्राउ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा न्यायालय खोल्नु पर्ने माग राख्दै आएका तारा बराल लगायतको समूह आज भद्रकालीबाट पक्राउ परेको छ ।

भद्रकाली मन्दिर छेउ पिपलबोटमा आमरण अनसन बस्ने क्रममा बरालसहित ५ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई भृकुटीमण्डपमा राखिएको छ । बराल समूहले न्यायाधीश इजलासमा फर्किनुपर्ने, सेवाग्राहीले सेवा पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत परिसर र नेपाल बार एसोसिएसन परिसरमा पनि धर्ना दिने, प्रदर्शन गर्ने गतिविधि गर्दै आएको छ । प्रहरीले पनि उनीहरुलाई धरपकड गरेर हटाउँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 262 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुन तस्करी प्रकरणः महरा पक्राउ, अरू मुद्दामा छानबिन के हुन्छ ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा एकीकृत समाजवादी ७, काँग्रेस, एमाले र माओवादी १/१ जिल्लामा निल