एलिजा गाैतम बन्ने भइन् ‘घुँइचो’मा नायिका

काठमाडाैं । नायिका तथा मोडल एलिजा गौतमले करिअरको दोश्रो चलचित्र साइन गरेकी छिन् । क्यानडाबाट फर्किएको केही समयपछि एलिजाले नयाँ चलचित्र साइन गरेकी हुन् । एलिजाले रामजी दैलेखीको निर्माणमा बन्न लागेको चलचित्र ‘घुँइचो’मा काम गर्ने पक्का भएको छ ।

निर्माता दैलेखी र नायिका गौतमले संझौता पत्रमा हस्ताक्षर गरे । आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने यो चलचित्रले एउटा दुर्गम गाउँको यूवाको अमेरिकासम्मको यात्राको कथा भन्नेछ ।

एलिजाले चलचित्र साइन गरेपछि खुशी हुँदै भनिन्–‘मैले लामो समयदेखि यस्तै कथाको प्रतिक्षा गरिरहेको थिएँ । घुँइचोमा खोजे जस्तै कथा पाएपछि काम गर्न तयार भएको हुँ ।’

निर्माता दैलेखीले नायिका गौतमसँग संझौता भएको र अन्य कलाकार पनि चाडै फाइनल गर्ने जानकारी दिए ।

यो चलचित्रको बिषयमा दैलेखीले भने–‘नेपालका हरेक क्षेत्रमा मानिसहरुको केही न केही प्राप्त गर्ने आशामा घुँइचो देखिन्छ । जुम्लाको एक सामान्य परिवारको यूवाको अमेरिका जानका लागि देखिएको आशक्ती र त्यहाँको भिडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा चलचित्र बन्नेछ ।’

चलचित्र ‘अनुराग’मा काम गरेकी एलिजाले केही महिना अगाडि चलचित्र ‘घिन्ताङ’ साइन गरेकी थिइन् । तर, विविध कारणले उनले यो चलचित्र छाडेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 487 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लालबन्दीको मेयर उपमेयर दुबै पदमा काँग्रेस उम्मेदवार विजयी