दिपेश श्रेष्ठकाे ‘पागल’ भिडियाे सार्वजनिक

काठमाडाैं । “द वड्स ब्यान्ड नेपाल” एवम्, “डिपेस् एन्ड द ब्यान्ड जापान”का गायक दीपेश श्रेष्ठ हाल आफ्नो नयाँ सोलो एल्बम (साथित्व ) मा काम गर्दै छन् ।

साेही एल्बममा समाबेश गरिएको “पागल” गीत को नयाँ म्युजिक भिडिओ उनको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको छ।
यस् गीत को संगीत संयाेजन द वड्स ब्यान्ड नेपालका गीतार वादक् सुदिप सिंह ले गरेका छन् भने म्युजिक भिडिओको निर्देशन/ छायांकन पनि उनकै रहेकाे छ । जापानमा लामो समय देखी एनिमेसन सम्बन्धी काम गरेका सुदिप प्रधानले जापानको पर्यटकिय क्षेत्र जुओकाको समुन्द्री तट लगायत, टोकियोको अती व्यस्त शहर सिबुया मा सुटिङ गरेका छन् ।

भिडियाेमा प्रियंका कार्की, उज्वल महर्जन, शार्दुल महर्जन अभिनय गरेका छन् । साथै ब्यान्डको प्रस्तुती मा गायक दीपेश श्रेष्ठ जापान मा आवद्द रहदै आएको ब्यान्ड, “डिपेस् एन्ड द ब्यान्ड जापान” का मेम्बर हरुले साथ दिएका छन् । एल्बमको अरु गीतको म्युजिक भिडिओमा पनि काम गर्ने र एल्बम पनि रिलिज् गर्ने गायक दीपेश श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 364 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
के विपन्‍न मतदाता भोट बैंक मात्र हुन् ?