रौतहट । रौतहतटका एक कैदीबन्दीले जेल भित्रै आत्माहत्या गरेका छन् । जिल्लाको देवाही गोनाही नगरपालिका वाड नं. ७ घर भएको २४ बर्षिय लडाई साहले गौर कारागार भित्र रहेको शौचालयमा आज आत्मा हत्या गरेका हुन् । अपहरण तथा शरिर बन्धक एवं जबरजस्ती करणी मुद्दामा २०७६ बैशाख ४ मा कारागार चलान भएका साहलाई जिल्ला अदालत रौतहटले २१ वर्ष कैद तथा ३० हजार नगद जरिवाना सजाय सुनाएको थियो ।
गौर कारागारमा कैद भुक्तान गरिरहेका साह शौचालय भित्र छिरेको लामो समयसम्म पनि बाहिर नआए पछि कैदी बन्दीहरुले भित्र हेर्दा उनी झुण्डिएको अवस्थामा फेला पारेका थिए ।
शौचालय भित्र गम्छाले पासो लगाएको झुण्डिएको फेला परेका साहलाई तत्कालै अस्पताल लगिएको थियो । चिकित्सकले मृत घोषित गरेको गौर कारागारका निमित कारागार प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिए ।
घटना’bout अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी तथा प्रबक्ता नारायण प्रसाद चिमरियाले जानकारी दिएका छन । उक्त कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी रहदै आएका छन् ।